१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.06

Humidity: 31

Latest
समाजवादी मोर्चाले भन्योः राजावादीको आन्दोलन जंगली चरित्रको, खतराप्रति जनता परिचालन गर्ने माकलबारीमा एक लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ तीन तहको सरकारलाई जोड्ने एउटै सूत्र ‘सहकार्य’ नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो सुनको मूल्य प्रतितोला ११ सयले बढ्यो हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला छः नेतान्याहू मुस्लिम धर्मावलम्वीहरुको ईद–उल–फित्र (तस्बिरहरु) आईपीएलः चेन्नईलाई हराउँदै राजस्थानले जितको खाता खोल्यो प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुहुने त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु निर्वाचनका लागि मतदान सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्ष तीन दलको बैठकः संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति



अ+ अ-

काठमाडौँ । प्रमुख शीर्ष तीन दलका नेताहरुबिच संमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति भएको छ ।

छलफलपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार तथा एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे छलफल भएको जानकारी दिए ।

उनले भने, ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श  भयो ।  परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’

छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी थिए । साथै, गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक, माओवादी केन्द्रका नेताहरु शक्ति बस्नेत र खिमलाल देवकोटा तथा प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल पनि सहभागि थिए ।