१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनालाई यसरी जिते मैले : सासद प्रदीप यादब



अ+ अ-

काठमाडौं । आज मैले १२ दिन  पछि दोस्रो पटक पिसिआर  जाँच गराउंदा कोरोना नेगेटिभ देखिएको जानकारी गराउन चाहन्छु। म बिरगंज स्थित आफनो घरभित्र आइसोलेट भएर आत्मअनुशासन क़ायम गरि सुरक्षित रूपले बसी डाक्टरले दिएको सल्लाह सुझाव अनुसार चलेकोले कोरोनालाई जित्न सफल भएको छु ।

कोरोनाको यो जंग सर्वशक्तिमान परमेश्वरको कृपा,माता पिता तथा अभिभावकों आशीर्वाद मेरो प्राण भन्दा प्यारो सम्मानित जनताको प्रार्थना साथी भाई ईस्ट मित्रको प्रेरणा र मेरा शुभचिन्तक एवं मतदाताको कामनाले कोरोनाको यो जंग जितेको छु तर पनि संक्रमित सुरक्षा नियम अनुसार र डाक्टरको सल्लाह र निर्देशन  बमोजिम अझपनि सात दिन सम्म आइसोलेट भएर बस्नु पर्ने भएको हुन्नाले म घरमै होम आइसोलेसन मा रहने भएको छु ।

कोरोनासंग को यो लडाईमा स्वास्थ्यलाभको कामना गर्ने, माया गर्ने सम्पूर्ण देशबासी क्षेत्र लगायत अन्य सम्पूर्ण जनतामा आभार व्यक्त गर्दछु । विश्वभरि नै फैलिएका यस महामारीको चपेटमा जो कोइ पनि पर्न सक्ने भएको हुन्नाले सकेसम्म सामाजिक दुरी कायम गरौ अनावश्यक बाहिर नजाउ अनि मास्क र सनिटाईजर को प्रयोग गरौ, कोरोना लाग्दै मा भयभित न बनौ उच्चमनोबल राखी एकार्का प्रति माया सद्भाव राखेर स्वयम् अनुशासित भएर डाक्टरको सलाह बमोजीम नियमित कार्य गर्यौ भने हामी सम्पूर्णले कोरोनालाई जित्ने विश्वास राखेको छु ।

साथै कोरोना महामारीको चपेटमा आई ज्यान गुमाउने सम्पूर्णमा भावपूर्ण श्रद्धान्जलि प्रकट गर्दै पुण्य आत्माको चिर शान्तिको कामना गर्दछु। साथै परिवारजनमा धर्याधारण राख्न हिम्मत इश्वरले प्रदान गरुन साथै सम्पूर्ण कोरोना संक्रमितहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
 
यो विश्वभरि फैलिएको महामारीलाई हामी सम्पूर्ण देशवासीले एकजुटता भइ सामाजिक दुरी र पूर्ण सावधानी अपनाई हराउने छौ भने विश्वास लिएको छु साथै छिटै मानवजाति माथि आएको यो संकट कोरोना महामारी छिटै समाप्त होस् भन्ने आज पवित्र श्रीकृष्ण जन्‍माष्‍टमीको विशेष अवसरमा इश्वर संग प्राथना गर्दछु ।