१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखराको पीएन क्याम्पसमा मतगणना जारी, अनेरास्ववियुको अग्रता



अ+ अ-

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्ववियू निर्वाचनको मतगणना जारी रहेको छ ।

सोमबार बिहान साढे ९ बजेदेखि सुरू भएको मतगणनामा २ सय मत गणना हुँदा अनेरास्ववियुले अग्रता कायम गरेको छ ।

अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ८७ मतसहित अग्रता लिँदा
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपानेले ३८ मत ल्याएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले २४ र अखिल क्रान्तिकारीका नविन अधिकारीले १७ मत पाएका छन् ।

आईतबार भएको मतदानमा प्रत्यक्षतर्फ २ हजार ८ सय ९६ र समानुपातिकतर्फ २ हजार ८ सय ९२ मत खसेको निर्वाचन समितिले जनाएको छ । ९ हजार २७० मतदाता रहेको क्याम्पसमा ३१.२५ प्रतिशत मात्र मत खसेको थियो ।