२४ मंसिर २०८२, बुधबार
,
Latest
एमालेको महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिन नेताहरू घरदैलोमा नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा तीन हजार २९१ जना खेलाडीहरूले प्रतिस्पर्धा गर्ने बोलेरो दुर्घटना हुँदा ११ जना घाइते मन्त्री सिन्हाद्वारा मानव अधिकारको संरक्षणका लागि सरकारलाई सहयोग गर्न आग्रह कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव युवा राम्रो राजनीतिज्ञ बनुन् र देश चलाउन् भन्ने इच्छा छ : प्रधानमन्त्री कार्की स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डका विजेतालाई सम्मान महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा आधुनिक तरकारी बजार



अ+ अ-

सिरहा । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले रु दुई करोड २९ लाख ७४ हजार पाँच सय २० लागतमा बन्ने पक्की संरचनाको आज शिलान्यास गर्नुभयो ।

जनसङ्ख्या र व्यपार व्यवसायका दृष्टिकोणले लहान मधेस प्रदेशकै तेस्रो स्थानमा पर्ने भएकाले यहाँका किसानका उत्पादनलाई व्यवस्थित गरी बजारीकरण गर्न आधुनिक संरचना निर्माण गर्न लागेका नगरप्रमुख चौधरीको भनाइ छ ।

“जनसङ्ख्या र व्यपार व्यवसायका हिसाबले वीरगञ्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठूलो बजार हो । तत्कालीन सगरमाथा अञ्चलको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि लहान हो । यो ठाउँमा पहिलेदेखि अव्यवस्थित रूपमा हाट बजार चलिरहेकै थियो, यसलाई व्यवस्थित बनाउँन लागेका छौँ”, उहाँले भन्नुभयो, “बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै बन्ने सुविधासम्पन्न संरचनाले यहाँका किसान, बजारवासी सम्पूर्णलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

नगरप्रमुख चौधरीका अनुसार तीनवटा ‘ब्लक’ मा ८४ वटा सटरसहित दुई तले पक्की संरचना निर्माण हुनेछ । किसानलाई उत्पादन बिक्री गर्न सहज हुनेगरी स्टल उपलब्ध गराइने पनि उहाँले जानकारी दिनुभयो । हो विसं २०८३ असार २० गतेसम्म सम्पन्न गर्नेगरी निर्माणको ठेक्का सम्झौता भएको छ । लामो समयदेखि व्यवस्थित हाट बजार बनाउन प्रयास हुँदै आएको भए पनि यस पटक काम सुरू भएकाले यहाँका तरकारी व्यवसायीलाई उत्साहित तुल्याएको यहाँका हाटबजार समितिका अध्यक्ष राजकुमार साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “करिब पाँच बिघा क्षेत्रफलमा यहाँ हटिया सञ्चालन हुँदै आएको छ । हप्तामा सोमबार र शुक्रबार दुई दिन लाग्ने हटियामा पचासौँ हजार मानिस हटिया भर्न आउने गर्दछन् । यस्तो व्यस्त हाट बजारलाई नगरपालिकाले व्यवस्थित संरचना बनाइदिने कार्यले यहाँका तरकारी व्यवसायिलाई उत्साहित बनाउने काम गरेको छ ।”

बढ्दो जनसङ्ख्याको चापसँगै व्यवस्थित बजारको अभावमा राजमार्ग किनारमै बाटोलाई छेकेर तरकारी बजार सञ्चालन समेत हुने गरेको थियो । आधुनिक बजारमा सेवा सुरू भएपछि दैनिक करोडौँको कारोबार हुने अपेक्षा व्यवसायीले गरेका छन् ।