१७ चैत्र २०८१, आईतवार
March 30, 2025 Sunday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 13.76

Wind: 1.03

Humidity: 77

तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट निष्कासनपछि १९९ आप्रवासी भेनेजुएलामा अवतरण



अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार बिहान भेनेजुएला आइपुगेको गृहमन्त्री डिओसडाडो काबेलोले बताउनुभएको छ ।

“आज, हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं,” उहाँले विमानस्थलमा बताउनुभयो ।“हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।”

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेपछि यो उडान आएको हो ।