१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार थपिए कोरोनाका ६३८ जना संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा १० हजार ४ सय ६२ परीक्षण भएकोमा ६ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्रै आज १ सय ३४ जनामा जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौं जिल्लामा १ सय १० जना, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा. गौतमले बताउनुभयो । 

यस्तै देशभरी १ सय ८३ जना चिकित्सकहरु संक्रमित रहेका छन । प्रदेश नम्बर १ मा ८ जना, प्रदेश नम्बर २ मा ७८ जना, बागमती प्रदेशमा १६ जना र गण्डकी प्रदेशमा २० जना चिकित्सकमा कोरोना संक्रमण देखिएको उहाँले बताउनुभयो । यस्तै प्रदेश नम्बर ५ मा १२ जना, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २७ जना चिकित्सक संक्रमित रहेका छन । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

आज १ सय ७१ जना संक्रमित निको भएर घर फर्किएका छन । प्रदेश नम्बर १ मा १ हजार ४४, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ८५, बागमती प्रदेशमा ६ सय १८ र गण्डकी प्रदेशमा १ हजार ४ सय ८७ जना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार १ सय ८९, कर्णाली प्रदेशमा १ हजार ९ सय र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४१ जना संक्रमित गरी आजसम्म १६ हजार ६ सय ६४ जना संक्रमित डिस्चार्ज भए घर फर्किएका छन ।

प्रदेश नम्बर १ मा ५ सय ३९, प्रदेश नम्बर २ मा ३ हजार ३ सय ४७, बागमती प्रदेशमा १ हजार ३ सय ५२ र गण्डकी प्रदेशमा २ सय २४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन । प्रदेश नम्बर ५ मा ६ सय ४६, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ८ सय ९६ गरी देशभरी ७ हजार २ सय १ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन । जसमा २ सय २४ जना संक्रमित होम आइसोलेसनमा उपचाररत रहेका छन । यस्तै आइसियुमा ८५ जना र भेन्टिलेटरमा ३ जना संक्रमित उपचाररत रहेका छन । देशभरी आइसियु बेड क्षमता ११ सय ३४ रहेको छ, भने भेन्टिलेटर सहितका बेड ५ सय ७६ वटा रहेका छन ।

प्रदेश नम्बर १ मा २ हजार ६ सय १४, प्रदेश नम्बर २ मा १ हजार ५ सयि ८०, बागमती प्रदेशमा १ हजार १९ र गण्डकी प्रदेशमा ९ सय ५५ जना क्वारेन्टिनमा रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार ८ सय १२, कर्णाली प्रदेशमा ६ सय ८९ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ८९ गरी देशभरी ११ हजार ५८ जना क्वारेन्टिनमा रहेका छन ।