१६ चैत्र २०८१, शनिबार
March 29, 2025 Saturday

15.27°C

काठमाडौं

15.27°C

Kathmandu

Feels-like: 14.73

Wind: 1.54

Humidity: 72

Latest
हिंसात्मक घटनाको छानबिन गर्न रास्वपाको माग पूर्वराजा ज्ञानेन्द्रसहित पूर्वप्रधानमन्त्री दाहाल र नेपालको सुरक्षा टोलीमा हेरफेर काठमाडौं र ललितपुरले बराबरी खेले त्रिवि कीर्तिपुरमा आगामी १८ गते स्ववियु निर्वाचन हुने भाटभटेनीमा लुटपाट गर्ने सात जना पक्राउ क्यानले बन्द प्रशिक्षणका लागि २० खेलाडी छनोट, सन्दीप र अनिल बाहिर मुस्ताङको कागबेनीमा तीर्थालुको घुइँचो शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो- माधवकुमार नेपाल ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, २७ घाइते शाही युवा शक्तिका अध्यक्ष खड्कासहित दुई जना पक्राउ, हिरासतमा पुग्नेको सङ्ख्या ११३ पुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस



अ+ अ-

काठमाडौं ।  नेपाली काँग्रेसले संविधान कार्यान्वयनको पक्षमा दृढतापूर्वक उभिने निर्णय गरेको छ ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको पूर्ण कार्यान्वयन गर्दै संविधानप्रति पूर्ण प्रतिवद्धता जाहेर गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने काँग्रेसको विश्वास रहेको बताउनु भयो । बैठकले ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि धेरै क्याम्पसहरुमा विजयी भएको र विजयी हुनेहरुलाई धन्यवाद दिने निर्णय गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधान सभाबाट बनेको संविधानको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ, यसप्रति पूर्ण प्रतिवद्धता जाहेर गरेको छ । यस संघीय लोकतान्त्रिक संविधानमार्फत नै जनताका आवश्यकता, समस्या र महत्वकांक्षाहरुलाई सम्बोधन गर्न सकिने पनि विश्वास व्यक्त गरेको छ । कार्य सम्पादन समितिका सदस्य नेताहरुले आफ्ना दृष्टिकोण राख्नुभएको छ । स्ववियुको निर्वाचनमा नेपाल विद्यार्थी संघ फेरि पनि सबैभन्दा ज्यादा ठाउँदा सबैभन्दा धेरै क्याम्पसहरुमा जित्न सफल भएको छ । त्यसमा विजयी भएका नेपाल विद्यार्थी संघका उम्मेदवारहरुलाई बधाई दिएको छ । शुभकामना दिएको छ । संगठन सम्बन्धी सक्रिय सदस्यता सम्बन्धमा, जनसम्पर्क समितिको विषय पहिला पनि निर्णइ गरेका थियौँ, त्यो परिमार्जन गर्ने निर्णय भएको छ ।’

काँग्रेसले बैठकमा समसायिक राजनीतिक विषयमा पनि छलफल गरेको छ । सरकारले प्रभावकारी ढंगबाट काम गर्नुपर्ने, जनताका आवश्यकता पूरा गर्न कमजोरी गर्न नहुने बारेमा पनि छलफल भएको बताउनु भयो ।—

काँग्रेसले बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले भारततिर संकेत गर्दै बाहिरबाट परिवर्तन आउने कुरा सम्भव नरहेको बताउनुभएको हो । भारतले राजावादीहरुलाई उक्साएर अहिले प्रदर्शन भइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई देखाइदिने भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले नेपालको विषय नेपाली जनताबाट निर्णय हुने बताउनु भयो । फागुन ७ गतेपछि राजावादीहरुले राजतन्त्रको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

देशमा शान्ति चाहिएको र अब राजतन्त्र पुनः स्थापना गर्ने बेला भएको र आफूलाई सहयोग गर्न भन्दै फागुन ७ गते प्रजातन्त्र दिवसको दिन पूर्वराजा ज्ञानेन्द्र शाहले दिनुभएको अभिव्यक्तिपछि राजावादीहरुले दिनदिनै प्रदर्शन गरिरहेका छन् । फागुन २५ गते पोखराबाट पूर्वराजा शाह काठमाडौं आउँदा देखिएको जनलहरपछि राजनीतिक वृत्त तरंगित छ । उहाँले नेपाली जनताले निर्णय गरिसकेको बताउनु भयो । सरकारले संविधान संशोधन लगायतका कतिपय विषयहरु उठाएकाले त्यस विषयमा काँग्रेसले आगामी दिनमा निर्णय गर्दै जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको विषय हामी नेपाली जनताले निर्णय गर्ने हो । निर्णय गरिसकेको छ । नेपाली जनताले निर्णय गरिसकेको छ । नेपाली जनताले अब आवधिक रुपमा निर्वाचन गर्ने पद्धति छ । निर्वाचित सांसदहरु आउँछन् । जे गर्नुपर्ने हो, निर्णय हुन्छ । हामीले कतिपय विषयवस्तु संविधान संशोधनको विषय पनि सरकारले कुरा गरेको छ । भोलिको दिनमा कुन कुन विषयमा संविधान संशोधन गर्नुपर्छ, त्यस विषयमा हामी कुरा गर्नेछौँ । बाहिरबाट परिवर्तन आउने भनेको सम्भव छैन ।’

काँग्रेस संविधानप्रति पूर्ण प्रतिवद्ध रहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल