५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूजिल्याण्डविरुद्ध पाकिस्तानको लज्जास्पद हार



New Zealand’s Zakary Foulkes (C) celebrates with Will O’Rourke (L) and Mitchell Hay after taking the wicket of Pakistan’s Shaheen Shah Afridi during the fourth Twenty20 international cricket match between New Zealand and Pakistan at Bay Oval in Mount Maunganui on March 23, 2025. (Photo by Michael Bradley / AFP)
अ+ अ-

एजेन्सी । चौथो टी–२० खेलमा न्युजिल्याण्ड क्रिकेट टिमले पाकिस्तानलाई ११५ रनले पराजित गरेको छ । जितका लागि २२१ रनको लक्ष्य पाएको पाकिस्तान १०५ रनमै अलआउट भयो । यससँगै, न्युजिल्यान्डले ५ खेलको टी-२० सिरिजमा ३-१ को अग्रता लिएको छ ।

टिम सेफर्ट र फिन एलेनले न्युजिल्यान्डलाई सुखद सुरुवात गराए । सेफर्टले २२ बलमा ४ छक्का र ३ चौकाको मद्दतले ४४ रन बनाए । फिन एलेनले २० बलमा ३ छक्का र ६ चौका प्रहार गर्दै ५० रनको उत्कृष्ट इनिङ खेले ।

मध्यक्रममा मार्क च्यापम्यानले १६ बलमा २० रन र डेरिल मिचेलले २३ बलमा २९ रन बनाएर महत्वपूर्ण भूमिका खेलेका थिए । अन्त्यमा कप्तान माइकल ब्रेसवेलले २६ बलमा ४६ रनको उत्कृष्ट इनिङ खेले । यस इनिङ्समा उनले २ छक्का र ५ चौका प्रहार गरेका थिए ।

यता, पावरप्लेमा पाकिस्तानको आधा टोली प्याभिलियन फर्किएको थियो । ओपनर जोडी मोहम्मद हरिस (२) र हसन जवाज (१) रन बनाएर आउट भए । कप्तान सलमान अली आगा पनि १ रन बनाएर प्याभिलियन फर्किए । शादाब खान १ र खुशदिल शाहले ६ रन जोडे । टोलीका लागि भाइ अब्दुल समदले सर्वाधिक ३० बलमा ४४ रन बनाए ।

न्युजिल्याण्डको जितमा डफीले ४ विकेट लिए । उनले ४ ओभरको स्पेलमा २० रन मात्र दिए । जाचरी फाउल्केसले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए । उनका अलावा जेम्स निशम, ईश सोधी र विल ओउरकेले १–१ विकेट लिए ।