१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

७२ वर्षका उमेरमा एकल महिलालाई नागरिकता



अ+ अ-

भोजपुर । नागरिकता नहुँदा राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित एक एकल महिलालाई जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकता वितरण गरेको छ । टेम्केमैयुङ गाउँपालिका –८ गोगेने माइती भई स्थायी रुपमा रामप्रसादराई गाउँपालिका –४ दलगाउँ बस्दै  आएकी हीरा राईलाई मङ्गलबार जिल्ला प्रशासन कार्यालयले कार्यालयमा झिकाएर नागरिकता दिएको हो । 

वडा कार्यालयको सिफारिसमा उनलाई वंशजका आधारमा नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए।

प्रजिअ पुरीले भने,‘‘ यसअघि नै नागरिकताको लागि पहल हुनुपर्ने हो तर त्यो के कारण हुन सकेन, वृद्धा अवस्थामा नागरिकता नभएका कारण राज्यको सेवासुविधाबाट वञ्चित भएको थाहा पाएपछि मैले नागरिकता वितरणका लागि पहल गरेँ र आज वितरण गरियो। अब उहाँलाई राज्यबाट लिइने सेवासुविधा लिने बाटो खुलेको छ ।’’