६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड

आईपीएल ‘डबल हेडर’को पहिलो खेलमा हैदरावाद र राजस्थान खेल्दै, यस्तो छ हेड-टु-हेड
अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १८ औं सिजनको पहिलो डबल हेडरको पहिलो खेलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्दैछन् । राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा हुन लागेको खेल नेपाली समयअनुसार दिउँसोको ३ः४५ बजेबाट सुरु हुनेछ ।

हैदरावादमा दुई टोलीबीच हालसम्म ५ खेल खेलिएको छ । जसमा, हैदराबादले ४ खेल जितेको छ भने राजस्थानले १ खेल जितेको छ । गत सिजन क्वालिफायर–२ मा हैदरावादले राजस्थानलाई हराउँदै बाहिरिएको थियो ।

हेड-टु-हेड

हैदरावाद र राजस्थानको हेड टु हेडमा कडा प्रतिस्पर्धा भएको छ। आईपीएलमा दुई टोलीबीच हालसम्म २० वटा खेल भएका छन् । जसमा सनराइजर्स हैदरावादले ११ पटक र राजस्थान रोयल्सले ९ पटक जितेको छ । दुवैले एक–एक पटक उपाधि पनि जितेका छन् ।

हैदरावादको ब्याटिङ क्रम सबैभन्दा बलियो

२०१६ च्याम्पियन हैदरावादले ओपनर ट्राभिस हेड र अभिषेक शर्माको साथ शीर्ष ५ मा ब्याट्सम्यानहरू छन् । नितिश कुमार रेड्डी जस्ता उत्कृष्ट अलराउन्डर छन् । हेनरिक क्लासेन र इशान किशनमा मिडल अर्डरका ब्याट्सम्यान पनि छन् । बलिङलाई बलियो बनाएका हर्षल पटेल, प्याट कमिन्स र मोहम्मद शामी छन् ।

राजस्थानमा आर्चर, हसरंगा, सन्दीप जस्ता ठूला बलर छन्

राजस्थानको शीर्ष क्रममा यशस्वी जैसवाल, शिमरोन हेटमायर र रायन पराग रहेका छन्। नितिश राणा र शुभम दुबेले ब्याटिङलाई अझ बलियो बनाउने छन् । वानिन्दु हसरंगा, आकाश मधवाल, महिश टेकशाना, जोफ्रा आर्चर, फजलहक फारुकी र सन्दीप शर्माले बलिङ विभागलाई बलियो बनाउँनेछन्।

सिजनको पहिलो ३ खेलमा राजस्थानको कप्तानी रियान परागले गर्नेछन् । नियमित कप्तान सञ्जु सामसन चोटका कारण फिट नभएपछि रियानले कप्तानको जिम्मेवारी पाएका हुन् ।

पिच रिपोर्ट

राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम, उप्पल, हैदराबादको पिच ब्याटिङ मैत्री छ । यो मैदानमा हाई स्कोरिङ खेलहरू देखिएका छन्।

सम्भावित प्लेईङ–११ः

सनराइजर्स हैदरावादः प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, इशान किशन, नितिश रेड्डी, हेनरिक क्लासेन (विकेटकीपर), अभिनव मनोहर, अनिकेत वर्मा, कमिन्दु मेन्डिसरएडम जाम्पा, हर्षल पटेल, मोहम्मद शामी, राहुल चाहर।

राजस्थान रोयल्सः रियान पराग (कप्तान), यशस्वी जैसवाल, सञ्जु सैमसन, नितिश राना, शिम्रोन हेटमायर, ध्रुव जुरेल (विकेटकिपर), वानिन्दु हसरंगा, जोफ्रा आर्चर, आकाश मधवाल, सन्दीप शर्मा, महिश तिक्षाना र फजलहक फारुकी।