११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सांसदमा कोरोना संक्रमण पुष्टि, श्रीमान पनि संक्रमित



अ+ अ-

विराटनगर । प्रदेश १ की सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।बुधबार  धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद कुसुम कुमारी श्रेष्ठ कोरोना संक्रमण पुष्टि भएको हो ।   

साउन २० गते स्वास्थ्यमा समस्या देखिएपछि शनिबार धरानमा स्वाब दिएकी उनलाई बुधबार कोरोना पोजेटिभ देखिएको हो । उनी इटहरीमा बसोबास गर्दै आएकी छन् ।

श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेकाले आत्मबल मजबुद बनाएर कोरोनालाई पराजित गर्ने बताइन् । सांसदसहित उनका श्रीमानमा पनि कोरोना संक्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।

प्रदेश १ मा कोरोना संक्रमण पुष्टि भएको उनी दोस्रो उच्चपदस्थ व्यक्ति हुन् । यसअघि प्रदेश १ का मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।