१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

13.32°C

काठमाडौं

13.32°C

Kathmandu

Feels-like: 11.78

Wind: 1.14

Humidity: 41

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार बस्नेतको निधन



अ+ अ-

भक्तपुर: राष्ट्रिय समाचार समिति (रासस) पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार माथवरसिंह बस्नेतको निधन भएको छ । उहाँको आज बिहान हृदयाघातबाट ७९ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो । उहाँको भेन्टिलेटरमा राखेर उपचार भइरहेकै अवस्थामा निधन भएको हो ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिका सचिव सुशील बस्नेतका अनुसार उहाँको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने छ । गोरखापत्र संस्थान तथा प्रेस काउन्सिल नेपालका समेत पूर्वअध्यक्ष बस्नेत पुर्नजागरण साप्ताहिकका संस्थापक सम्पादक हुनुहुन्थ्यो । गणेशमान सिंहसँग नजिक भएर लामो समय राजनीतिमा सक्रिए रहनुभएका उहाँ हाल गणेशमान सिंह स्मृति बाटिकाका समेत अध्यक्ष हुनुहुन्थ्यो ।

पछिल्लो समय नेपाली कांग्रेस भक्तपुरको राजनीतिमा सक्रिय रहनुभएका बस्नेत २०१७ सालदेखि राजनीतिमा होमिनुभएको थियो । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका आन्दोलनका क्रममा बस्नेतलाई आजीवन कारावासको सजाय दिइएको थियो । उहाँ २०४६ सालमा प्रजातन्त्र प्राप्तिपछि जेल मुक्त हुनुभएको थियो । बस्नेतका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । रासस