काठमाडौं । पर्साका प्रमुख जिल्ला अधिकारी र सहायक जिल्ला अधिकारी (सीडीओ) को सरुवा गरेको छ । गृह मन्त्रालयले प्रजिअ विष्णुकुमार कार्की र सहायक प्रजिअ ललितकुमार बस्नेतलाई सरुवा गरेको हो ।
मन्त्रालयले प्रजिअ कार्कीकालाई मन्त्रालय र सहायक प्रजिअ बस्नेतलाई ललितपुर जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार पर्सामा धादिङको प्रजिअ अस्मान तामाङलाई नयाँ प्रजिअमा पठाइएको छ । यस्तै सहायक प्रमुख जिल्ला अधिकारीमा मुस्ताङका वेद अर्याललाई पठाइएको छ ।










