१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरीमा मृत्यु भएका पुरुषमा दुई दिनपछि कोरोना संक्रमण पुष्टि



सांकेतिक तस्बिर
अ+ अ-

महोत्तरी। महोत्तरीका एक पुरुषमा मृत्यु भएको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ । गत सोमबार जनकपुरधामस्थित राम जानकी अस्पतालमा मृत्यु  भएका मटिहानी नगरपालिकाका-६ का ५२ वर्षीय पुरुषको दुई दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो । 

फोक्सो र मधुमेहका बिरामी उनलाई ज्वरो आएपछि आइतबार नै अस्पतालमा भर्ना भए पनि सोमबार स्वाब संकलन गरिएकै दिन राति ९ बजेतिर अस्पतालमै उनको मृत्यु भएको मटिहानी नगरपालिकाका मेयर हरी मण्डलले बताए । 

अस्पतालमा मृत्यु भएका ती पुरुषको शवलाई गाउँ ल्याएर अन्तिम संस्कार गरिसकेपछि मंगलबार राति रिपोर्ट पोजेटिभ आएको मण्डलले बताए ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले पनि मृतकको अन्तिम संस्कार गरिसकिएको अवस्थामा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

मृतक पुरुषको ५६ जना मलामी गएका थिए । मलामी गएका ५६ जनालाई होम क्वारेन्टिनमा राखिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।