२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञका लागि दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौं। सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने क्रममा दलित समुदायका दीपक मरिक डोमको घर बलपूर्वक भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार दुई घण्टा पहिले पक्राउ परेका यादवद्वयलाई हाल जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ। पीडित पक्षबाट औपचारिक जाहेरी परेपछि उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

डीआइजी आचार्यका अनुसार, “सोधपुछका लागि दुवैजनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो। अहिले उनीहरू प्रहरी नियन्त्रणमा छन्।”

आगामी चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको तयारीस्वरूप फागुन १० गते दीपक मरिकको घर भत्काइएको थियो। घटनाले स्थानीय स्तरमा व्यापक विरोध चुलिएको छ। मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।