५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महायज्ञका लागि दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ



अ+ अ-

काठमाडौं। सिरहाको औरही गाउँपालिका–५ मा विष्णु महायज्ञ आयोजना गर्ने क्रममा दलित समुदायका दीपक मरिक डोमको घर बलपूर्वक भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवलाई प्रहरीले पक्राउ गरेको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी लालमणि आचार्यका अनुसार दुई घण्टा पहिले पक्राउ परेका यादवद्वयलाई हाल जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखिएको छ। पीडित पक्षबाट औपचारिक जाहेरी परेपछि उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

डीआइजी आचार्यका अनुसार, “सोधपुछका लागि दुवैजनालाई सम्पर्क गरेर जिल्ला प्रहरी कार्यालयमा आउन भनिएको थियो। अहिले उनीहरू प्रहरी नियन्त्रणमा छन्।”

आगामी चैत १७ गतेदेखि सुरु हुने विष्णु महायज्ञको तयारीस्वरूप फागुन १० गते दीपक मरिकको घर भत्काइएको थियो। घटनाले स्थानीय स्तरमा व्यापक विरोध चुलिएको छ। मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले घटनाको निन्दा गर्दै दोषीहरूलाई कडा कारबाहीको माग गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।