१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

पैदलयात्रीसँग पैसा उठाइएकोबारे के भन्यो चन्द्रागिरि हिल्सले ?

पैदलयात्रीसँग पैसा उठाइएकोबारे के भन्यो चन्द्रागिरि हिल्सले ?
अ अ+ अ-

काठमाडौँ । चन्द्रागिरि हिल्स लिमिटेडले यस चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा दर्शन गर्न वैकल्पिक मार्ग हुँदै जाने पर्यटक तथा दर्शनार्थीहरुसँग रकम लिइएको सम्बन्धमा प्राप्त प्रतिक्रिया प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक कम्पनी (पब्लिक लिमिटेडः करिव ७० हजार शेयरधनीको स्वामित्व) को रूपमा सञ्चालनमा रहेको चन्द्रागिरि हिल्सले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाउँदै सो सम्बन्धमा यस लिमिटेडले सो क्षेत्रसँग जोडिएका स्थानीय सरकार र अन्य निकायसँगको छलफल तथा समन्वय एवं लिखित र मौखिक निर्णयका आधारमा सो क्षेत्र वरिपरीको फोहोर मैला व्यवस्थापन तथा सरसफाई, शौचालयको व्यवस्थापन, निःशुल्क पिउने पानीको व्यवस्था, निःशुल्क वाईफाइ, बिजुली बत्ती, पार्किङ सुविधा र दर्शनार्थीहरुको व्यक्तिगत सुरक्षा तथा वनजन्य सुरक्षाका लागि २ जना सुरक्षा गार्ड परिचालन गरी आवश्यक व्यवस्थापन गर्दै आईरहेको जनाएको छ ।

साथै, सुख्खा याममा सम्भावित डढेलोको जोखिम न्यूनीकरण गर्न स्थानीय सामुदायिक वनहरुसँगको समन्वयमा ४ जना वन हेरालु राख्नको निमित्त आर्थिक सहायता समेत प्रदान गर्दै आईरहेको चन्द्रागिरि हिल्सले बताएको छ ।

हिल्सका अनुसार यसै सन्दर्भमा चन्द्रागिरि नगरपालिका, थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकाका स्थानीय बासिन्दा बाहेकका अन्य स्थानबाट वैकल्पिक मार्ग प्रयोग गरी आउने पर्यटक तथा दर्शनार्थीहरुबाट रु. एक सय रुपैयाँ मात्र सेवा शुल्क लिई सुविधा उपलब्ध गराउने प्रबन्ध गरिएको थियो ।

सोको जानकारी चेकपोष्ट स्थित सूचना बोर्डमा समेत स्पष्ट बुझिने गरी उल्लेख गरिएको जनाउँदै चन्द्रागिरि हिल्स उक्त व्यवस्थाबाट वैकल्पिक मार्ग हुँदै जाने पर्यटक तथा दर्शनार्थीहरुलाई थप सहयोग एवं सुविधा उपलब्ध हुन पुगेको स्पष्ट समेत गरेको छ ।