१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी भित्रिने र बाहिरिने यात्रु तथा सवारी साधनहरु  रोकिने



अ+ अ-

धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहिबार बिहान ६ बजेदेखि अर्को आदेश  नभएसम्म जिल्ला भित्र पर्ने राजमार्गमा निषेधाज्ञा जारी गरेको छ । 

बुधबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले २०७७ साउन २९ गते बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मको लागि त्रिभुवन राजपथको पिपलाकोमोड देखि पृथ्वी राजमार्गको मौवा खोलासम्म संक्रमण ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ अनुसार निषेधाज्ञा जारी गर्ने र मालबाहक गाडी र एम्बुलेन्स बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

यो निर्णयपछि राजधानी भित्रिने र बाहिरिने यात्रु तथा सवारी साधनहरु रोकिने भएका छन् ।