९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री पाइटोनग्रान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणमा आउँदो चैत १९ गते थाइल्यान्डको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमणका साथै बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर चैत २३ गते स्वदेश फर्कनु हुनेछ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसक्दा समेत भारतको औपचारिक भ्रमण नभइरहेको अवस्थामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यद्यपी, स्रोतहरुले दुबै नेताबीच विशेष भेटवार्ता (वान–अन–वान) हुने वा नहुने भन्ने बारेमा टुंगो लागिनसकेको बताएका छन् ।

सार्कको विकल्पका रुपमा भारतले महत्व दिइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन भने नियमित अन्तरालमा भइरहेको छ ।

बिमस्टेकमा नेपाल सहित भारत, भुटान, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बंगलादेशको ढाकामा मुख्यालय रहेको बिमस्टेकको सदस्यका रुपमा नेपाल र भुटान सन् २००४ मा प्रवेश गरेका थिए ।

बिमस्टेकले व्यापार, लगानी, पर्यटन, ऊर्जा समेतका विभिन्न १४ वटा क्षेत्रमा आपसी साझेदारी र सहयोग गर्ने लक्ष्य राखेको छ । BIMSTEC