७ पुष २०८२, सोमबार
,
Latest
निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत प्रधानमन्त्री कार्कीसँग रास्वपा सभापति लामिछानेको भेट,के भयो कुरा ? भारतलाई हराउँदै पाकिस्तानले जित्यो यू–१९ एसिया कप बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा त्रिवि दीक्षान्त समारोहः एकै विद्यार्थीलाई तीन पदक आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता जेन जी समूहको नयाँ मार्गचित्र, चुनाव होइन संविधान संशाेधन पहिले ‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिमस्टेक सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चैत १९ गते थाइल्यान्ड जाने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिमस्टेक शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डका प्रधानमन्त्री पाइटोनग्रान शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणमा आउँदो चैत १९ गते थाइल्यान्डको भ्रमण गर्नुहुने भएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओलीले थाइल्यान्डको औपचारिक भ्रमणका साथै बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी भएर चैत २३ गते स्वदेश फर्कनु हुनेछ । भ्रमणका लागि परराष्ट्र मन्त्रालयले तयारी सुरु गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आठ महिना बितिसक्दा समेत भारतको औपचारिक भ्रमण नभइरहेको अवस्थामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग बैंककमा हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । यद्यपी, स्रोतहरुले दुबै नेताबीच विशेष भेटवार्ता (वान–अन–वान) हुने वा नहुने भन्ने बारेमा टुंगो लागिनसकेको बताएका छन् ।

सार्कको विकल्पका रुपमा भारतले महत्व दिइरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन भने नियमित अन्तरालमा भइरहेको छ ।

बिमस्टेकमा नेपाल सहित भारत, भुटान, बंगलादेश, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बंगलादेशको ढाकामा मुख्यालय रहेको बिमस्टेकको सदस्यका रुपमा नेपाल र भुटान सन् २००४ मा प्रवेश गरेका थिए ।

बिमस्टेकले व्यापार, लगानी, पर्यटन, ऊर्जा समेतका विभिन्न १४ वटा क्षेत्रमा आपसी साझेदारी र सहयोग गर्ने लक्ष्य राखेको छ । BIMSTEC