४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

युवाहरु नेतृत्वमा आउनुपर्छ र बुढा नेताहरुले अवकाश लिनुपर्छ–सूर्य सुबेदी

युवाहरु नेतृत्वमा आउनुपर्छ र बुढा नेताहरुले अवकाश लिनुपर्छ–सूर्य सुबेदी
अ+ अ-

सूर्य सुबेदी 

नेपालको राजनीतिमा युवालाई नेतृत्व दिइनुपर्ने प्रसङ्ग बारम्बार उठिरहेको छ । ‘बुढा’ नेताहरुले राजनीतिक संघर्ष पूरा गरिसके अब नयाँ परिवेशमा उनीहरुले यसलाई सफलतापूर्वक नेतृत्व गर्न गाह्रो हुन्छ तसर्थ सबै पार्टीमा अब युवाहरुलाई नेतृत्व सुम्पिएर आरामसँग बाँकी जीवन बिताउनुपर्छ भन्ने मत उठिरहेको छ । नेपाली कांग्रेस, नेकपा (एमाले) देखि एकीकृत नेकपा (माओवादी) सम्म यी आवाजहरु उठिरहेका छन् । कतिपय सन्दर्भमा त पार्टीको घेरा तोडेर विभिन्न पार्टीका ‘युवा’ हरु एउटै मञ्चमा आएर यस्तो आवाजलाई अझ बढी प्रचार गरिएको पनि पाइन्छ । विभिन्न पार्टीहरुमा देखिएको यो प्रवृत्तिले हाम्रो पार्टीमा पनि केही मात्रामा छोएको देखिन्छ । “अब नेताहरु युवाहरु हुनुपर्दछ ।” “‘बुढाहरु’ आराम गरे हुन्छ क्रान्तिको काम युवाहरुले गर्न बाटो छोडिदिनुपर्छ ।” “बुढाहरुको नेतृत्व भएका कारण क्रान्ति जुन रफतारमा जानु पर्दथ्यो त्यो भएन युवाहरु नेतृत्वमा पुगे मात्र बल्ल क्रान्तिले रफतार लिन्छ ।”

आदि थुप्रै अभिव्यक्ति सुन्न पाइन्छ । प्रस्तुत सानो टिप्पणी युवाहरुलाई नेतृत्व दिनुपर्छ कि पर्दैन भन्नेमा बहस गर्ने उद्देश्य विल्कुलै होइन बरु  युवाहरुलाई कसरी बढीभन्दा बढी नेतृत्वमा लाने भन्ने नै हो, तर युवाहरु नेतृत्व लिनका लागि जे जस्तो होहल्ला भइरहेको छ यस विषयमा उठेको केही सवालमा सम्बन्धित पक्षको ध्यान गम्भीरतापूर्वक केन्द्रित होस् भन्ने हेतुले यी टिपोट लेखिएको हो । अन्य पार्टीसँग सम्बन्धित युवाहरुको समस्यासँग यो लेखको त्यति धेरै सम्बन्ध छैन खाली नेकपा–माओवादीभित्र उठेका यस सम्बन्धी प्रश्नहरुसँग सम्बन्धित रहेर धारणाहरु प्रस्तुत भएको छ । हाम्रो पार्टी युवाहरुलाई बढीभन्दा संख्यामा समावेश गराउनुपर्छ भन्ने मान्यता राख्ने गर्दछ ।

पछिल्लो पटक पार्टी पुनर्गठन सँगै निर्माण भएका विभिन्न स्तरका कमिटीहरुमा युवाहरुको अत्याधिक बाहुल्यता रहेको छ । झन् केन्द्रीय समितिको विस्तार गर्दा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिएका प्रतिभाशाली युवाहरु समाविष्ट भएका छन् । अझ थुप्रै प्रतिभासम्पन्न नेताहरु केन्द्रीय निकायका जिम्मेवारीमा लैजानुपर्ने आवश्यकता टड्कारो महसुस गरिएको छ । पार्टी संगठनमा देखिएका यस्ता मेधावी युवालगायतका नेताहरुललाई जनवादी वातावरणमा जिम्मेवारी सुम्पनका लागि पार्टीले निकट भविष्यमा राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । अहिले देशव्यापी सम्पन्न भैरहेका जिल्ला सम्मेलनमा युवाहरु अत्याधिक संख्यामा नेतृत्वमा आइरहेको सुखद, संयोग हाम्रो पार्टीको रहेको छ । तर हाम्रो पार्टीमा अहिले उठिरहेको सवाल भनेको कति संख्यामा कुन कमिटीमा युवाहरु समाविष्ट भए भन्ने त्यति धेरै होइन भन्ने देखिंदै गएको छ बरु यसको उल्टो युवाहरुको नाममा विभिन्न गलत मान्यता  र सिद्धान्त स्थापित कतै गर्न खोजिएको त हैन ? गम्भीर प्रश्न उठिरहेको छ ।

झन् केही समययता नेतृत्वको विरुद्ध अराजकतावादी ढंगले विरोध बाहिर नै छताछुल्ल पार्ने काम भएको छ त्यसले विषयलाई अत्यन्त गम्भीर बनाउँदै लगेको छ । के ‘बुढा’ नेताहरु असफल भएकै हुन त ? तथ्यहरुले यसको ठीक उल्टो संश्लेषण गरेको पाइन्छ । हाम्रो पार्टीमा ६० र ७० वरिपरिका उमेर समूहका नेताहरु अत्यन्त कम संख्यामा हुनुहुन्छ । कम्युनिस्ट पार्टीको लामो अनुभव, जेल, भूमिगत, थुप्रै व्यक्तिगत र पारिवारिक जटिलतालाई पार गरी उहाँहरु पार्टी आन्दोलनमा उदात साम्यवादी आदर्शका लागि दिनरात मटिमेट्नु भएको छ । नेपालको कम्युनिस्ट पार्टीभित्रको भीषण दुईलाइन संघर्षमा उहाँहरुले क्रान्तिकारी माक्र्सवादको रक्षा र विकासमा निक्कै ठूलो योगदान गर्नुभएको इतिहास खुला पाना सरहनै स्थापित भइसकेको छ । जीवनको यो विशिष्ट घडीमा पनि क्रान्ति, परिवर्तनका लागि जीवनउत्सर्ग गर्न एकरत्ति परवाहा नगरी निरन्तर खटिरहनु भएको छ । अझ मूर्त रुपले पार्टी अध्यक्ष क. किरणकै राजनीतिक इतिहास पढ्दा पनि झन् प्रष्ट हुन्छ भन्ने लाग्दछ । यहाँ उहाँको समग्र राजनीतिक इतिहासको समीक्षा गर्न नखोजिकन दुईवटा प्रसंग मात्र जोड्दा पनि विषय प्रष्टिन्छ भन्ने लाग्दछ । मोहनविक्रमसँग चालिसको दशकमा सम्बन्ध विच्छेद गरेर निर्माण भएको नेकपा (मशाल) को उहाँ प्रमुख नेता हुनुहुन्थ्यो ।

उहाँकै नेतृत्वमा लगभग ती सबै वैचारिक राजनीतिक विषयहरु संश्लेषण गरिएका थिए जुन पछि गएर नेकपा (एकता केन्द्र) र नेकपा (माओवादी) (२०५१) का विचार र राजनीति बने । नेकपा (मशाल) को अन्तिम समयमा  जुनबेला उहाँलाई लाग्यो कि उहाँभन्दा व्यवस्थित तरिकाले नेतृत्व गर्न प्रचण्ड सक्षम छन् त्यो बेला विना हिच्किचाहट उहाँले प्रचण्डलाई  सजिलै नेतृत्व हस्तान्तरण गर्नुभयो । “सेम्टर काण्ड” लाई निमित कारण बनाइयो वास्तवमा त्यो मुख्य विषय नै थिएन । नेकपा ९मशाल० को इतिहासलाई राम्रोसँग बुझेका सबैले यसलाई उहाँमाथि भएको अन्याय नै मान्दछन् तर उहाँले आफुलाई वलिदान दिएर भए पनि पार्टी र क्रान्ति अगाडि बढ्छ भने दोस्रो, तेस्रो वरियताक्रममा अविछिन्न २२ वर्ष सक्रिय राजनीति सर्वहारावर्गको हितमा लगाउनु भयो । पछि आफैंले निर्माण र प्रशिक्षित गरेको नेतृत्व प्रचण्डबाट धोका र गद्दारी भइसकेपछि त्यसका विरुद्ध भीषण दुई लाइन संघर्षको मुख्य नेतृत्व गर्नुभयो र उहाँकै नेतृत्वमा नेकपा–माओवादी पुनर्गठन भयो । पुनर्गठित पार्टीमा विचार, राजनीतिक कार्यदिशा, कार्यनीतिक शृंखला र संगठनात्मक आदि विषयहरुमा विगतमा देखिएको नवसंशोधनवादलाई सच्याउने र क्रान्तिकारी माक्र्सवादलाई पुनस्र्थापन गर्नमा उहाँकै प्रमुख नेतृत्वदायी भूमिका रहेको सर्वविदितै छ ।

अहिले पनि शारीरिक अप्ठ्यारोका थुप्रै समस्यासँग जुध्दै क्रान्तिको सबैभन्दा जटिल, कठिन तर सबैभन्दा महानतम् प्रक्रियाको सक्रिय नेतृत्व गरिरहनुभएको छ । के ‘युवाहरु’ नेतृत्व लिन योग्यतम भइसकेकै छन् त ? तथ्यहरुले यसको पुष्टि गरिसकेको छैन । प्रचण्ड वावुराम मण्डलीका विरुद्धको संघर्षमा थुप्रै युवा नेताहरुले महत्वपूर्ण भुमिका खेलेका थिए । हाम्रो पार्टीमा युवाहरुको भरभराउँदो टीम देखेर कयौं मानिसहरु आशाको नजरले हेरेका पनि छन् । तर यति मात्र गुणले नेतृत्व निर्माण भैहाल्दैन । अहिले युवाहरु राम्रो समर्थक, कार्यान्वयनकर्ता र सहयोगी त बन्न सक्छन् र उनीहरु विनम्रतापूर्वक बन्ने पर्छ तर मुख्य नेतृत्व बन्ने ल्याकत राख्न सकेका छैनन् । नेतृत्व त्यसमा पनि मुख्य नेतृत्व कसरी बन्छ ? अझ क्रान्तिकारी कम्युनिस्ट पार्टीमा मुख्य नेतृत्व कसरी निर्माण हुन्छ त ? पहिलो र मुख्य कुरा वैचारिक राजनीतिक कार्यदिशाकै हुन आउँछ । विचार ‘बुढा’ नेताहरुको अनि नेतृत्व के कसरी ‘युवा’हरुको रहन्छ र अहिले हाम्रो पार्टीले अंगिकार गरेको ‘जनयुद्धको जगमा जनविद्रोह’ र मुख्यतः जनविद्रोहको कार्यदिशा क। किरणले सातौं महाधिवेशनमा प्रस्तुत र सर्वसम्मतिले पारित गरिएको कार्यदिशा हो । यसमा कसैको पनि फरक मत अहिलेसम्म दर्ज भएको छै न। तसर्थ नेतृत्व लिन चाहने जोसुकैले र मुख्यत ‘युवा’ हरुले सर्वप्रथम यो कार्यदिशालाई चुनौती दिन सक्नुपर्दछ । उनीहरुले पार्टीको वर्तमान कार्यदिशा अवैज्ञानिक रहेको पुष्टि गर्न सक्नुपर्छ र वैज्ञानि कर वस्तुवादी नयाँ कार्यदिशा प्रस्तुत गर्न सक्नु पर्दछ ।

लाइन र नेतृत्व कम्युनिस्ट पार्टीमा अभिभाज्य इकाई हुन् । जसको लाइन हुन्छ उसैको नेतृत्व अनिवार्य हुने सर्वमान्य प्रस्थापना छन् । दोस्रो कुरा एउटै लाइनमा पनि प्रतिस्पर्धा रहन सक्छ र सबैभन्दा क्रान्तिकारी, योग्य सदस्यले पार्टीको नेतृत्व दिने प्रचलन पनि रहेको छ । यसको लागि सडकमा हल्ला गरेर हुने विषय होइन यो । वर्गसंघर्ष र दुईलाइन संघर्षमा मुख्य नेतृत्वको सबैभन्दा नजिक बसेर महत्वपूर्ण भूमिका खेल्न सक्नु पर्दछ बाहिर र तल गुटबन्दी र अस्वस्थ वातावरण बनाएर होइन । विस्तारै विस्तारै पार्टीले मुख्य नेतृत्वका लागि ‘उ’ योग्य छ भन्ने महसुस गराएपछि सहज र सरल तरिकाले नयाँ उत्तरदाधिकारी निर्माण हुन्छ । विगतमा ९२०४६० क। किरणले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्दा एउटै लाइनकै बीचमा हस्तान्तरण भएको सर्वविदितै छ । तेस्रो कुरा लाइनको सवाल हल भइसकेपछि पनि मुख्य नेतृत्व लिनका लागि पार्टीमा सर्वस्वीकार्य वातावरण निर्माण गर्न सक्नुपर्दछ । अमूक सदस्यलाई नेतृत्व हस्तान्तरण गर्दा पार्टी र क्रान्तिको भविष्य सुनिश्चित हुन्छ भन्ने महसुस उसका सहयोद्धा र कमिटीले गर्नुपर्दछ । यसका लागि मुख्य नेतृत्वमा पुग्नु पूर्व लामो परीक्षणबाट गुज्रिएको हुनुपर्दछ ।

विचारमा स्पष्ट, वर्गप्रति निष्ठावान्, ज्ञानी, जुझारु ऊ हुनै पर्दछ । ‘नेता’ बन्न लालायित युवाहरुले सोच्नेै पर्ने केही कुरानेपाली क्रान्तिले जटिल घुम्ती र मोडहरुबाट हिंडिरहेको छ । क्रान्तिमा आएको प्रतिधक्काबाट बचाएर हामी सबैले पार्टी र क्रान्तिलाई यो स्तरसम्म ल्याइपु¥याएका छौं । विश्वका कयौं देशहरुमा कम्युनिस्ट पार्टीले खाएको यति जबरजस्त प्रतिधक्का र प्रतिक्रान्ति पश्चात कुनै पनि देशको पार्टी र क्रान्ति नेपालको जस्तो उच्च स्तरमा आएको अर्को उदाहरण नै छैनन् । मुख्य नेतृत्वको धोका, मृत्यु वा हत्यापश्चात् ती देशका पार्टी नै उठ्नै नसक्ने ठाउँमा पुगेका वर्गेल्ती उदाहरण छन् तर हामीले नेपालमा पार्टीलाई यति छोटो समयमा विशाल र क्रान्तिकारी बनायौं र वर्गसंघर्ष पनि जनविद्रोहको स्तरसम्म पु¥यायौं । यो हामी सबैको कडा मिहिनत कै प्रतिफल हो र अझ मुख्य गरी मूल नेतृत्वकै योगदान हो भन्ने संश्लेषण गर्न एकरत्ति पनि हिच्किचाउनु हुँदैन । तसर्थ नेपालको क्रान्तिको यो अत्यन्त कठिन र जटिल मोड पनि हो । यस्तो बेलामा अझ बढी एकताबद्ध हुँदै कार्यदिशाको अझ बढी समृद्धितिर गई क्रान्तिपूर्ण गर्न सकिन्छ  भन्ने हेक्का राख्न जरुरी छ ।

क्रान्ति नभएको ‘बुढा’ या ‘युवा’ नेताको कारण एकरति पनि होइन । युवा आउँदैमा कुनै अद्भुत कायापलट भैहाल्ने पनि होइन । नेतृत्व र मुख्य नेतृत्व लामो वर्गसंघर्ष र अन्तरसंघर्षको प्रक्रियामा निर्माण हुन्छ । पाका अनुभवी र परिक्षण गरिएका , जति धेरै भए त्यति नै पार्टीका लागि राम्रो हुन्छ र उहाँहरुको उच्च सम्मान गर्दै राम्रो सहयोगी बन्न सक्नै पर्दछ । हतारको मानसिकता भनेको निम्न पूँजीवादी मानसिकता हो र यसलाई हटाउन हाम्रा युवाहरुले बल गर्नै पर्दछ । ‘बुढा’ नेताहरुले अलि बढी वैचारिक राजनीतिक काम गर्ने युवाहरु संगठन र दौडाहाको काम गरी एकीकृतरुपमा कार्यविभाजनबाट समस्यालाई हल गर्न लाग्नु पर्दछ । युवा, प्रौढ र पाका सदस्यहरुको उचित सन्तुलन कमिटीमा मिलाउनुपर्छ । घमण्डी, दम्भी, सर्वज्ञाता आफैंले आफूलाई ठान्ने महामारीबाट बच्दै विनम्र, जिज्ञासु, अध्ययनशील कार्यकर्ता बन्न युवाहरु गम्भीर बन्नै पर्दछ ।

आफुलाई दिएको जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्ने र भविष्यमा योग्यतम नेता बन्न सम्पूर्ण रुपले तयार बन्ने ढंगले सोच्नु पर्दछ । प्रकृति र जिवनको नियम अनुसारनै क्रमश वुढाहरुको ठाउँमा युवाहरुले लिंदै जाने भैहाल्छनी ,जाँदाजाँदै हाम्रो लोक साहित्यमा एउटा प्रसिद्ध कथा छ । घरमा एउटा अतयन्त बुढो बाबालाई छोरोले भीरबाट लडाएर मार्नु प¥यो भन्ने सोच्दछ । किनकि वृद्धावस्थामा पुगेका ती बुढाले केही पनि काम गर्न सक्दैनथे । अनि उसले डोको तयार पार्छ र बुढो बाबुलाई त्यही डोकोमा हालेर भिरतिर लाने तयारी गर्दै गर्दा बुढोको सानो नातिले यो सबै देखिरहेको हुन्छ । उसले सोध्छ “किन हजुरबालाई ढोकामा हालेर लान खोजेको रु उसको बाबुले उसलाई सबै कुरा भन्दछ । यी सबै कुरा सुनिसकेपछि नातिले आफ्नो बाबुसँग भन्छ कि हजुरबालाई भीरबाट फालिसकेपछि डोको र नाम्लो चाहिँ लिएर नै आउनु नि पछि तपाईं बुढो भएपछि मैले पनि तपाईंलाई यही डोकामा हालेर भीरबाट फाल्नु पर्दछ । हाम्रा युवाहरुले पनि माथिको नीति कथाबाट गम्भीर पाठ सिकुन । नेतृत्व सम्बन्धी आफना् गलत प्रस्थापनाहरु सच्याउन ।

लेखक – नेकपाका नेता हुनुहुन्छ ।