२६ असार २०८३, शुक्रबार
,
Latest
गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा सरकारले गणेश नेपाली मृत्यु प्रकरणको दोषीमाथि तत्काल कडा कारबाही गरोस्ः नेकपा सांसद विक राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश भट्टराई आत्मदाह: व्यक्तिको अन्तिम निर्णय कि राज्य, नीति र समाजको सामूहिक असफलता? प्रधानमन्त्रीलाई काँग्रेस प्रमुख सचेतक थापाको प्रश्नः गणेश नेपाली मृत्य प्रकरणमा किन मौनता साँधेको ? गणेश नेपालीको घटनापछि सभापति थापाको आग्रह: दोषारोपण होइन, सामूहिक आत्मचिन्तन गरौँ बीमा, ओभरलोड र जरिवाना नीतिमा सुधार गर्न सरकारलाई ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सुझाव गणेश नेपालीको आत्महत्या राष्ट्रिय लज्जाको विषय: कुलमान घिसिङ गणेश नेपालीको आत्मदाह प्रकरण : अनुसन्धानका लागि तीन नगर प्रहरी नियन्त्रणमा राज्य नागरिकसंग सहकार्य होईन प्रतिद्वन्द्विता बढाउने बाटोमा छ: ओमप्रकाश अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ घर विस्थापित, ३० घरपरिवार उच्च जोखिममा



अ+ अ-

सल्यान । लगातारको वर्षाले दार्मा गाउँपालिकामा करोडौँको क्षति पुर्याएको छ । यही साउन २५ गतेदेखि आएको अविरल वर्षाका कारण तीन घर परिवार विस्थापित भएका तथा ३० घर परिवार पहिराको उच्च जोखिममा  छन् । वर्षासँंगै आएको पहिराले दार्मा ६ का टीके कामी र  विमला बुढाथोकी तथा वडा नं ४ का निराजन विकको घर पहिराले बगाउँदा परिवार विस्थापित भएका छन् । पहिराले घरसहित अन्नपात, लत्ताकपडा बगाएपछि परिवार आफन्तकहाँ आश्रय लिएर बसेका गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले जानकारी दिए । वर्षासँंगै आएको पहिराका कारण ग्रामीण सडक र  विद्यालयमा समेत क्षति पुगेको बताइएको छ । “अहिले पनि वर्षा भइरहेको छ, गाउँपालिकाभित्र अझै पनि ३० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् उनीहरुलाई सतर्क गराइएको छ”, अध्यक्ष केसीले भने । 

पहिराले दार्मा गाउँपालिकाका नौ  घर तथा तीन  विद्यालयमा समेत क्षति पुर्याएको केसीले जानकारी दिए । “पहिराले गाउँपालिकाभित्र मानवीय क्षति भएको छैन तर पनि आर्थिक रुपमा भने साढे २ करोडभन्दा बढीको क्षति पुर्याएको छ, वर्षा अझै भइरहेकाले गाउँपालिकाभित्र पहिराको जोखिम अझै हटेको छैन”, अध्यक्ष केसीले भने । पहिराले सडक, विद्यालय, घर तथा खेतमा बढी क्षति पु¥याएको अध्यक्षको भनाइ छ । गाउँपालिकाले पहिराका कारण विस्थापित परिवारलाई आपत्कालीन राहत वितरण गरेको छ ।“हामीले गाउँपालिकाभित्र पहिरोका कारण विस्थापित परिवारलाई त्रिपाल, खाद्यान्न तथा जाली उपलब्ध गराएका छौंँ, गाउँपालिकाभित्र अहिले पनि जोखिमको सम्भावना भइरहेको र विवरण सङ्कलन गर्ने कार्य भइरहेको छ”, केसीले भने । 

ग्रामीणस्तरमा निर्माण गरिएका सडक छेउमा रहेका घर पहिराको उच्च जोखिममा छन् । गाउँपालिकाभित्रका विद्यालयमा समेत पहिराले क्षति पुर्याएका कारण मर्मतसम्भार नगरेर विद्यालय सञ्चालन हुन नसक्ने अवस्थामा रहेको गाउँपालिकाले जनाएको छ ।  पहिराका कारण गाउँपालिका जोड्ने सडक अवरुद्ध भएपछि गाउँपालिकामा यातायातका साधन चल्न सकेका छैनन् । गाउँपालिका जोड्ने मुख्य सडक तत्काल सञ्चालनमा ल्याउन नसकिने गाउँपालिकाले जनाएको छ । पहिराका कारण ठाउँठाउँमा पहिरो गएको र वर्षात्का कारण पुनः पहिरो आउने भएकाले तत्काल ग्रामीण सडक सञ्चालन गर्न नसकिने गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।




भर्खरै