१२ चैत्र २०८१, मंगलवार
March 25, 2025 Tuesday

13.49°C

काठमाडौं

13.49°C

Kathmandu

Feels-like: 11.94

Wind: 0.94

Humidity: 40

Latest
विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह एक करोड बराबरको अवैध सामान बरामद खड्का गाउँमा भएको हत्याको घटनामा संलग्न रहेको अभियोगमा १६ जना पक्राउ बोआओ फोरममा चीनका लागि नेपाली राजदूत ओली सहभागी विश्व समुदाय मिलेर कार्बन उत्सर्जन घटाउनुपर्छ : वनमन्त्री शाही प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यद्वारा शपथग्रहण हुलाकी राजमार्ग आयोजना समयमा नै सम्पन्न गर्नुपर्नेमा सांसदहरूको जोड राजसंस्था र हिन्दू राष्ट्रको समर्थन तथा संघीयताको विरोधमा हुने सबै आन्दोलनमा राप्रपाको समर्थन रहने नरैनापुरमा १७ घरगोठ जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी



अ+ अ-

लुम्बिनी । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हिजोदेखि सुरु भएको अन्तर्राष्ट्रिय शान्ति उत्सव जारी छ । लुम्बिनीको प्रवद्र्धन गर्ने उद्देश्यसहित शान्ति उत्सव गरिएको हो ।

महोत्सवको स्वागतमा आयोजित कार्यक्रममा नेपालस्थित चिनियाँ राजदूत चेन सोङले बोल्दै लुम्बिनी विश्वकै पवित्र ठाउँ भएको बताउनुभयो । उहाँले बुद्ध जन्मस्थल लुम्बिनीबाट बुध्द शिक्षा संसारको लागि प्रचार प्रसार गर्न महत्वपूर्ण रहने बताउनुभयो ।

राजदूत सोङले लुम्बिनीलाई ध्यानको अन्तर्राष्ट्रिय केन्द्र बनाउन सकिने पनि बताउनुभयो । ‘नेपाल र चीनको सम्बन्ध हार्ट टु हार्ट अर्थात् मनदेखि मनसम्म छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा अवसरमा नेपाल ओलिम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाल र चीनको दौत्य सम्बन्धलाई अझै मजबुत बनाउन लुम्बिनी शान्ति उत्सव थप प्रभावकारी हुने बताउनुभयो ।

त्यसैगरी लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले लुम्बिनीको प्रबद्र्धन र सम्बद्र्धनका लागि चिनियाँ दूतावासको सहकार्यका कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सरुजिध्दिन खान पनि सहभागी हुनुहुन्थ्यो । कार्यक्रम भोलिसम्म विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।