१० चैत्र २०८१, आईतवार
March 23, 2025 Sunday

14.61°C

काठमाडौं

14.61°C

Kathmandu

Feels-like: 13.25

Wind: 2.57

Humidity: 43

Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही अदालतमा सुनुवाइ नभएपछि रवि काठमाडौं फर्किए



अ+ अ-

काठमाडौँ। रुपन्देही जिल्ला अदालतकाे आदेशविरुद्ध उच्च अदालतमा दिएकाे निवेदन उपर आज सुनुवाई नभएपछि रास्वपा सभापति रवि लामिछाने काठमाडौं फर्किएका छन्।

सभापति लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र उच्च सरकारी वकिलको कार्यालय बुटवलले जिल्ला आदालतकाे आदेशविरुद्ध दिएकाे छुट्टाछुट्टै निवदनमा एकैपटक सुनुवाई हुने गरी आज उच्च अदालत तुलसीपुरकाे बुटवल इजलासमा पेसी ताेकिएकाे थियाे। मुद्दा सुनुवाईका लागि लामिछाने कानून व्यवसायी र सचिवालय सदस्य लिएर हिजै रुपन्देही पुगेका थिए।

गाेला प्रथाबाट न्यायाधीशद्वय जगतबहादुर थापा र सागर विष्टकाे इजलासमा सुनुवाई समेत ताेकिएकाे थियाे। तर, मिसिल अध्ययन गरेपछि न्यायाधीश थापाले सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले लामिछानेसहितकाे मुद्दा आफूले हेर्न नमिल्ने बताएपछि आज सुनुवाई नभएकाे हाे।

उक्त सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई जिल्ला अदालत रुपन्देहीले थुनामा राख्न दिएको आदेशलाई उच्चका न्यायाधीश थापाले केही समय अगाडि सदर गरेका थिए । सोही कारण जिल्लाबाट आएको सोही प्रकारको मुद्दामा आफ्नो धारणाा बनिसकेकाले आफूले हेर्न नमिल्ने बताएपछि पेसी अर्को हप्ताका लागि सारिएको छ। न्यायाधीश थापाकाे भनाइपछि आदालतबाट बाहिरिएका लामिछाने, उनका कानून व्यवसायी र सचिवालयका सदस्य आजै काठमाडौं फर्केका छन्।

यसैबीच, लामिछानेले स्वर्णलक्ष्मी सहकारीसँग सम्बन्धित मुद्दामा काठमाडाैं जिल्ला अदालतकाे आदेश विरुद्ध भाेलि (शुक्रबार) पाटन उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराउने भएका छन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैं जिल्ला अदालतले साठी लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।