२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा माओवादीले धेरै ‘सीट’ जित्ने अध्यक्ष दाहालको प्रक्षेपण



अ+ अ-

बारा। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरी चुनावी मैदानमा उत्रिए पनि आफ्नो पार्टी अग्रस्थानमा पुग्नसक्ने आधार बन्दै गएको बताउनुभएको छ ।

जनतासँग माओवादी, तराई–मधेस जागरण अभियानअन्तर्गत बारामा आयोजित मधेस जागरणसभामा देशको पछिल्लो राजनीतिक घटनाक्रमले माओवादीलाई धेरै सीट जित्ने आधार बन्दै गएको बताउनुभएको हो ।

विगतमा  कांग्रेस र एमालेसँग मिलेर चुनाव लड्दा माओवादीलाई घाटा भएको बताउँदै उहाँले अब एक्लैले चुनाव लडेर श्रेष्ठता हासिल गर्ने आधार बलियो बन्दै गएको उल्लेख गर्नुभयो । गत उपनिर्वाचन र हालै सम्पन्न स्ववियु निर्वाचनले माओवादीको सामथ्र्य एवं यो दलप्रतिको जनाधार पुष्टि भएको उहाँको अभिमत थियो ।

“उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरुले आपसमा चुनाव चिह्न साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौँ,” उहाँले भन्नुभयो ।

हुलाकी मार्ग दक्षिण नेपालको जीवनरेखा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले हुलाकी मार्ग निर्माणले गति लिइरहेको भए पनि विभिन्न ठाउँमा पुल बन्न नसकेकाले यो मार्गलाई पूर्णता दिन अभियानले सहयोग गर्ने बताउनुभयो ।

पृथक प्रसङ्गमा अध्यक्ष दाहालले जनताको अधिकारको रक्षाका लागि प्रतिगामी र यथास्थितिवादी शक्तिका विरुद्ध लड्नुपर्ने दायित्व फेरि जनताकै काँधमा आएको बताउनुभयो । उहाँले पार्टीलेले अघि बढाएको तराई–मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौँ जनतामा नयाँ माओवादीप्रति भरोसा जगाएको बताउनुभयो । रासस