१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

सेनाले संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता
अ अ+ अ-

धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय आज आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उहाँले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पार्नुभयो ।

सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्याइरहेको योगदानले आमनेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो सङ्गठनका रुपमा स्थापित भएको बताउनुभयो । “यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन”, उहाँले भन्नुभयो ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनामा नेपाली सेनाले गरेको योगदानको राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा मुक्तकण्ठले प्रशंसा भइरहेको जनाउँदै प्रधानसेनापति सिग्देलले यसबाट विगतदेखि नेपाली सेनाको निःस्वार्थ सेवाभाव, जिम्मेवारी र कर्तव्य पालनाप्रतिको संवेदनशीलतालाई प्रतिविम्बित गरेको बताउनुभयो ।

“भूपू सम्मेलन सैनिक पुनर्मिलनको महत्वपूर्ण अवसर हुनाका साथै एकापसमा अनुभव साट्ने तथा बहालवाला र अवकाश प्राप्त सैनिकबीच हार्दिकता र सामूहिक भावना थप फराकिलो बनाउने अवसर पनि हो”, उहाँले भन्नुभयो ।

नेपाली सेना कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले बहालवाला तथा अवकाश प्राप्त सैनिकका परिवारजनलाई आयआर्जनका लागि विभिन्न कल्याणकारी कार्य अघि बढाइएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम पृतनापति प्रकाश देउजाले सकलदर्जामा एकताको भावना अभिवृद्धि गराउन सम्मेलनले सघाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कल्याणकारी कार्यक्रमअन्तर्गत उपलब्ध गराइएका विभिन्न सुविधा प्रयोग गरी बढीभन्दा बढी लाभ लिन सकलदर्जालाई अनुरोध गर्नुभयो ।

समारोहमा प्रधानसेनापति सिग्देलले चार जना वा सोभन्दा बढी सन्ततिलाई सेनामा पठाएबापत सकलदर्जाका अभिभावक बाजुराका बलवान खड्का र डडेलधुराका प्रजापति अवस्थीलाई सम्मान, एवं अवकाश प्राप्त सुवेदार केशवदत्त पाण्डेयलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुभयो । उहाँले ज्येष्ठ भूतपूर्व सैनिक तथा एकल महिलालाई सम्मान, ह्वील चियर एवं वैशाखी प्रदान, लघु उद्यम व्यवसायीलाई प्रशंसापत्र एवं पुरस्कार प्रदान गर्नुभयो ।

आजै सुदूरपश्चिम पृतनाअन्तर्गत डोटी, अछाम, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा र दार्चुलामा सम्मेलन सम्पन्न भएका छन् ।

सम्मेलनमा दिइएको जानकारीअनुसार सैनिक कल्याणकारी बोर्डबाट स्वास्थ्य, शिक्षालगायतका सेवा प्राप्त गर्नेको सङ्ख्या १० लाख नाघेको छ ।