१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्षद्वय ओली र दाहालबीच छलफल, प्रधानमन्त्रीले दिएको काउन्टडाउन सुरु



अ+ अ-

काठमाडौं । पार्टी भित्रको अन्तरकलह बढ्दै गएपछि संवादहीन अवस्थामा पुगेका नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच बिहीबार करिब ४ घण्टा छलफल भएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षबीच हिजोका दिनमा देखिएको बिमतिलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा छलफल भएको जनाइएको छ  । नेताहरुबीच छलफल चलिरहेको बेला बालुवाटार पुग्नु भएका महासचिव विष्णु पौडेल, नेताहरु शंकर पोखरेल तथा जनार्दन शर्मा भने छलफलमा सहभागी हुनु भएन  । 

स्रोतका अनुसार दुई शीर्ष नेताहरुबीच भएको छलफल बुँदागत रुपमा भएको छ ।  पार्टीलाई एकताबद्ध बनाउँदै हाल देखिएका समस्यालाई समाधान उन्मुख गर्न उहाँहरु गम्भीर हुनु भएको छ, सायद यसैको आधारमा प्रधानमन्त्रीले ५ दिनको काउन्टडाउन दिनु भएको हो, स्राेतले बतायाे ।

दुई शीर्ष नेताबीच भोलि पनि छलफल हुनेछ ।