९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

23.88°C

काठमाडौं

23.88°C

Kathmandu

Feels-like: 22.95

Wind: 2.02

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव स्थगित



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन स्थगित भएको छ ।

केन्द्रीय क्याम्पस कीर्तिपुरले अदालतमा मुद्दा चलिरहेकाले ८ चैतका लागि तोकिएको चुनावी कार्यक्रम स्थगित भएको जनाएको हो ।

क्याम्पसले बिहीबार विज्ञप्ति जारी गर्दै बुधबार अल्पकालीन अन्तरिम आदेश जारी भए पनि बिहीबार मात्रै म्याद सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दीपकराज जोशी र अनोज कार्की गरी दुई जनाको उम्मेदवारी परेको थियो ।

संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशी आधिकारिक भएको निर्णय गरेको थियो ।

त्यसविरुद्ध कार्की पक्षका विष्णुबहादुर बडैला समेतले त्रिभुवन विश्वविद्यालय समेतलाई विपक्षी बनाई उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरी अन्तरिम आदेश माग गरेका थिए ।

बिहीबार नै अदालतमा उपस्थित हुँदा अन्य विपक्षीहरूको नाममा म्याद तामेल नभएकोले १० चैतमा अन्तरिम आदेशको म्याद तोकिएको छ ।

अन्तरिम आदेशबाट छलफलको टुंगो नलागेसम्म निर्वाचनको कार्यक्रम स्थगित हुने भएको हो ।