१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्सको ट्रायल पास गराइदिने भन्दै पैसा मागेर हैरान गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै आश्वासन दिई पैसा मागेर दुःख दिने समूहलाई पक्राउ गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा सेवाग्राहीहरुलाई लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै दुःख दिएर हैरान पार्ने १४ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धान गरी जिप्रका काठमाडौँबाट प्रत्येकसँग १० हजार धरौटी मागेर रिहा गरिएको प्रहरीले जनाएको छ ।