९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

23.88°C

काठमाडौं

23.88°C

Kathmandu

Feels-like: 22.95

Wind: 2.02

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइसेन्सको ट्रायल पास गराइदिने भन्दै पैसा मागेर हैरान गर्नेहरु पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै आश्वासन दिई पैसा मागेर दुःख दिने समूहलाई पक्राउ गरेको छ ।

काठमाडौँको गोकर्णेश्वर–७ स्थित एक ट्रायल सेन्टरमा सेवाग्राहीहरुलाई लाइसेन्सको लिखित परीक्षा र ट्रायल पास गराइदिन्छु भन्दै दुःख दिएर हैरान पार्ने १४ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार कसुरमा अनुसन्धान गरी जिप्रका काठमाडौँबाट प्रत्येकसँग १० हजार धरौटी मागेर रिहा गरिएको प्रहरीले जनाएको छ ।