१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै

पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री

पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक छः प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पर्यटन विकासका लागि हवाई सेवालाई विस्तृत र सबल बनाउन आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिदैँ उहाँले मुलुकको हवाई सेवालाई चुस्त र प्रभावकारी बनाउन सरकारले आवश्यक काम गरिरहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालमा हवाई यातायातको विकासका लागि सरकारी क्षेत्रबाट सञ्चालिन नेपाल वायुसेवा निगमको व्यवस्थापनमा कुशलता बढाउन आवश्यक व्यावसायिक कार्ययोजना निर्माण गरी सुधारका काम अघि बढाइएको बताउनुभयो । उहाँले पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डको पुर्नसंरचना गरी विदेशस्थित नेपाली दूतावास, नियोग, पर्यटन दूत, गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, विदेशमा बस्ने नेपाली विद्यार्थी, नेपाल र विदेशका विभिन्न संघ संस्थालाई परिचालन गरिएको जानकारी दिनुभयो ।

“मित्रराष्ट्रहरूबाट भित्रिने पर्यटकको सङ्ख्या वृद्धि गर्न नेपाल पर्यटन बोर्डलगायत अन्य क्षेत्रबाट प्रवर्द्धनात्मक काम भइरहेका छन् । पर्यटनसम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सङ्घीय संसद्को यसै अधिवेशनमा पेस गर्नेगरी तयारी गरिरहेको छ । पर्वतारोहण नियमावली संशोधन भइसकेको छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

एक अर्को प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले सुनसरी र मोरङको करिब ६८ हजार हेक्टर कृषियोग्य भूमिमा दिगो र भरपर्दो सिँचाइ सेवा पु¥याउने उद्देश्यले सुरु भएको सुनसरी मोरङ सिँचाइ आयोजनाले कोशी नदीको चतरा नजिक बायाँ किनारमा ‘साइड इन्टेक’ निर्माण गरी सिँचाइ सेवा उपलब्ध गराइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विगत केही वर्षदेखि कोशी नदीले धार परिवर्तन गरी ‘साइड इन्टेक’ रहेको स्थानको दायाँतर्फ मुलबहाब आएकाले हिउँदको समयमा बायाँतर्फ रहेको ‘साइड इन्टेक’ मा आवश्यक मात्रामा पानीको प्रवेश गराउन सकिएको छैन । आयोजनाले प्रत्येक हिउँदमा अस्थायी बाँध बाँधी यथाससम्भव पानी इन्टेकमा प्रवेश गराई सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ ।

प्रधानमन्त्री ओलीले स्थायी प्रकृतिको संरचना निर्माण गरी दिगो तवरले वर्षैभरी पानी सञ्चालन कसरी गर्न सकिन्छ भनि विभिन्न विकल्पमा अध्ययन गरिएको भन्दै प्राविधिक र आर्थिक रूपले सम्भाव्य विकल्प छनौट गरी कार्य अगाडि बढाइने विश्वास व्यक्त गर्नुभयो । साथै, उक्त आयोजनाअन्तर्गतका सिंचित क्षेत्र बचावटसम्बन्धी कार्यहरू पनि प्राथमिकताका आधारमा कार्यान्वयन भइरहेका उहाँले उल्लेख गर्नुभयो ।

सांसद भीमप्रसदाद आचार्यले सिँचाइ तथा नदि नियन्त्रण सम्बन्धमा तमोर–चिस्यान–सुनकोशी–कमला बहुउद्देश्य आयोजना, देशकै सबैभन्दा ठूलो सुनसरी मोरङ्ग सिँचाइ आयोजनाको प्रगति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई सेवा सुधार, पर्यटन प्रवर्द्धन योजना र नीतिगत सुधारबारे प्रधानमन्त्रीलाई प्रश्न सोध्नुभएको थियो ।

सांसद मनिष झाले सोधेको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले कर्मचारी नियुक्ति लोकसेवा आयोगमार्फत हुने गरेको र तीनै तहका कर्मचारीको नियुक्ति, पदस्थापन र सरुवा लोकसेवाको सिफारिस, कर्मचारीको ज्ञान, सीप, अनुभव र कार्यक्षमताको आधारमा भइरहेको स्पष्ट पानुभयो । “कानुनविपरीत काम गरेको भए कारबाही गर्ने संवैधानिक निकायहरू छन् । ती निकायले कानुनविपरीत काम गर्ने व्यक्तिलाई कारबाही गर्छन् । त्यस्ता व्यक्ति सजायको भागीदार हुन्छन् र भइरहेकै छन्”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकारी संयन्त्रहरूमा हुने सरुवा, बढुवा र नियुक्तिमा यसअघि भएका गलत अभ्यासलाई तोडेर सरकारले योग्यताका आधारमा बढुवा र नियुक्तिको काम गरेको र त्यसको उदाहरण नेपाल प्रहरी प्रमुखको नियुक्ति’ भएको बताउनुभयो । उहाँले भन्नुभयो,“प्रहरी प्रमुख नियुक्ति गर्दा यसअघि कस्ता–कस्ता कुरा सुन्नु पथ्र्यो ? यस पटक त्यस्तो सुन्नु, देख्नु परेन ।”

सरकार आउनुअघि बुटवल–नारायणगढ सडक खण्डको काम रोकिएकामा हाल तीब्र गतीमा काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले मुग्लिन–पोखरा सडकको काम पनि सन्तोषजनक रूपमा अगाडि बढेको बताउनुभयो ।

सांसद झाकै अर्को प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सरकारले उत्पादनमूलक क्षेत्रमा र विकास निर्माणका परियोजना अघि बढाउन आन्तरिक तथा बाह्य ऋण लिने गरेको भन्दै त्यस्ता क्षेत्रमा परिचालन गर्न लिइने ऋण नकारात्मक नभएको उल्लेख गर्नुभयो । उहाँले औद्योगिक तथा व्यावसायिक वातावरण सुधार गरी लगानी अभिवृद्धि गर्न हालै सरकारले अध्यादेशमार्फत लगानी र व्यवसायीमैत्री हुनेगरी कानून सुधार गरेको जानकारी गराउनुभयो । यसबाट निजी क्षेत्रको मनोबल उच्च भएको र नतिजा देखिँदै जाने उहाँको विश्वास थियो । सांसद झाले कर्मचारी नियुक्ति, सरुवा बढुवा र बाह्य ऋणको सम्बन्धमा प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको थियो ।