६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुपाल्चोकको लिदीमा पहिरो जाँदा १३ घर पुरीयो,५ घरपरिवार अझै वेपत्ता



(सांकेतिक तस्बिर)
अ+ अ-

सिन्धुपाल्चोक । अविरल वर्षासँगै आएको पहिरोले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा १३ घर पुरीएको छ । पहिरोले पाँच घरपरिवारका स्थानीय सम्र्पक विहीन भएका छन् ।

आज बिहान ६ बजे स्थानीय लामाटोलबाट आएको पहिरोले घर पुरेको गाउँपालिकाका अध्यक्ष होमनारयण श्रेष्ठले जानकारी दिए । पहिरोले घर पुरीएका मध्ये केही घरका स्थानीय सम्र्पकमा आए पनि पाँच घरपरिवारका कोही पनि सम्र्पकमा आएका छैनन ।

घटनास्थलमा नेपाली सेनाको टोली केही बेरमा पुग्र्दछ भने प्रहरीको टोली पनि जादै गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिए । जिल्लाको विकट बस्ती भएकाले हेलिकोप्टेरबाट पहिरोमा बेपत्ता भएकाहरुको उद्धार गरिने तयारी भएको गाउँपालिका अध्यक्ष श्रेष्ठले जानकारी दिए । राजधानी दैनिक