२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय

पर्यटकीय केन्द्र बन्दै थारू सङ्ग्रहालय
अ अ+ अ-

त्रिवेणी, (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ । आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताउनुभयो ।

अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् । यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन्, त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि यहाँ सङ्ग्रह गरिएका छन् । यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्र्रहालयमा रहेको अध्यक्ष महतोले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले यहाँ वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् । थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा यसमा रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताउनुभयो । “यहाँ आएपछि थारू समुदायका रहनसहन कस्तो हुन्छ, पहिरन के हुन्छन्, घरमा के कस्ता सामग्री हुन्छन्, सबै अवलोकन गर्न पाइन्छ, यस कारण पर्यटक यहाँ आउने क्रम बढेको छ”, उहाँले भन्नुभयो ।

विसं २०६६ मा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ । सुरुमा यहाँ नि:शुल्क प्रवेशको व्यवस्था थियो । पछिल्लो छ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु २५ र विदेशीका लागि प्रतिव्यक्ति रु १०० शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि  शुल्क लिने गरिएको समितिले जनाएको छ ।

शुल्क लिन थालेपछि यहाँ अवलोकनका लागि आउने पर्यटकको अभिलेख राख्न सहज भएको समितिका अध्यक्ष महतोले बताउनुभयो । शुल्क लिन थालेको छ महिनाको अवधिमा स्वदेशी तथा विदेशी गरी करिब चार हजार जनाले सङ्ग्रहालय अवलोकन गरेको अभिलेख छ । गाउँमा प्रयोगमा नआएका सामग्रीलाई त्यसै फाल्नुभन्दा सङ्ग्रहालयमा  उपलब्ध गराउन गाउँका बासिन्दालाई आग्रह गरेर सामग्री सङ्कलन गरिएको हो । केही सामान भने खरिद गरिएको र केही आफैँ निर्माण गरेर राखिएको महतोले जानकारी दिनुभयो ।

सङ्ग्रहालयले यहाँको पर्यटकीय गतिविधिमा टेवा पुगेको नवलपुर पर्यटन समितिका अध्यक्ष फन्सराम महतोले बताउनुभयो । अमलटारी क्षेत्रमा आउँदा वन्यजन्तु अवलोकन मात्र नभएर यहाँका आदिवासीको रहनसहन, कलासंस्कृतिको समेत अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । रासस