६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्ची सुरुङको प्रवेशद्वारका फ्रेम फेरिने



अ+ अ-

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाको सुरुङमा जडान गरिएका पानी प्रवेशद्वार (गेट)का फ्रेम परिवर्तन गरिनेभएका छन् । भित्रबाट खुल्ने गेटको डिजाइन बाहिरबाट खुल्ने गरी जडान गरिएपछि असार ३० गते अकस्मात् गेट खुलेर दुर्घटना भएको थियो । गेटको डिजाइन नै परिवर्तन गर्नुपर्ने भएपछि निर्माण कम्पनी र सप्लायर्सलाई साइडको स्थलगत अवस्था देखाउन थालिएको छ । खानेपानी मन्त्रालयका अनुसार भारतीय निर्माण कम्पनीका विज्ञले मेलम्चीको स्थलगत अध्ययन गरेपछि गेटको डिजाइनको समीक्षा गरी फ्रेम परिवर्तन गरिनेभएको हो ।

मन्त्रालयका प्रवक्ता रितेश शाक्यले भित्रबाट खुल्ने डिजाइन थियो तर बाहिरबाट खुल्ने गरी जडान भएको रहेछ, अब यसको फ्रेम परिवर्तन गर्नुपर्छ, त्यसका लागि निर्माण कम्पनीका विज्ञलाई साइड अध्ययन गराउने तयारीमा छौँ, आयोजनाका अन्य काम भइरहेका छन् भने ।शाक्यका अनुसार चार प्रवेशद्वारका फ्रेम परिवर्तन गरिनेछन् । अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलको गेटको फ्रेम परिवर्तन गरिनेछ । त्यसका लागि दुई महिना थप समय लाग्नेछ । यससँगै सुरुङमा भेन्टिलेसनको काम समीक्षा गरेर पुनः नक्साङ्कन गरिनेछ ।

सुरुङमा पानी पथान्तरण गरिएको बेला नियमित परीक्षण गर्न सुरुङभित्र गएका इन्जिनियर सहितको गाडी अकस्मात् गेट खुल्दा बगाएको थियो । असार ३० गतेको सो घटनामा इन्जिनियर सतिश गोइतको शव इन्द्रावती खोलामा अर्को दिन भेटिएको थियो । चालक राधाकृष्ण थापा अझै बेपत्ता छन् । गोरखपत्र दैनिक