२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

बेँसीसहरमा अब बाह्रैमहिना शुद्ध खानेपानी

बेँसीसहरमा अब बाह्रैमहिना शुद्ध खानेपानी
अ अ+ अ-

लमजुङ। खानेपानीमन्त्री प्रदीप यादवले बेँसीसहरमा खानेपानी समस्या समाधान भएको बताउनुभएको छ । आज यहाँस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले अब बाह्रैमहिना स्वच्छ खानेपानी उपलब्ध हुने बताउनुभयो ।

नेपाल सरकारको नीति नागरिकलाई सुरक्षित, दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउनु भएकाले देशका दुर्गम क्षेत्रसहित लमजुङका नागरिकको खानेपानी समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । “देशका हिमाल, पहाड, तराईसहित विभिन्न दुर्गम क्षेत्रका नागरिकको खानेपानीको समस्या सधैँका लागि समाधान गर्न सरकार पूर्णरुपमा प्रतिबद्ध छ,” मन्त्री यादवले भन्नुभयो ।

भावी योजना अन्तर्गत बँेसीसहर क्षेत्रको खानेपानी सेवा विस्तार गर्न रु १० करोडको नयाँ परियोजना अघि बढाउन नेपाल सरकार प्रतिबद्ध रहेको तथा जलवायु परिवर्तन तथा दिगो खानेपानी व्यवस्थापनका लागि रु १७ करोडको थप योजना स्वीकृत प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

आज उद्घाटन गरिएको आयोजनाले बेँसीसहर नगरपालिका–६ देखि १० सम्मका करिब ४५ हजार जनसङ्ख्या तथा तीन हजार ३०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।

सार्वजनिक निजी साझेदारी मोडेलमा सञ्चालित सो आयोजनामा सरकारको ७० प्रतिशत र उपभोक्ता समितिको ३० प्रतिशत योगदान रहेको छ । कूल लागत रु २८ करोड ८३ लाख रहेकोमा सरकारको रु २० करोड २८ लाख र उपभोक्ता समितिको रु आठ करोड ६४ लाख लगानी छ ।

उक्त कार्यक्रममा गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्रचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठलगायतको सहभागिता थियो । रासस