१८ चैत्र २०८१, सोमबार
March 31, 2025 Monday

28.27°C

काठमाडौं

28.27°C

Kathmandu

Feels-like: 27.12

Wind: 4.63

Humidity: 26

Latest
संविधान र व्यवस्था बलियो तथा सुदृढ बनाउन लोकतन्को सर्भिसिङ आवश्यकः माओवादी सांसद शर्मा ज्ञानेन्द्र शाहले जनताको घर जलाउन पठाएः एमाले सांसद भट्टराई ‘तीनकुनेको हिंसात्मक घटनामा नागरिक मर्दा निर्मल निवासलाई किन दुखेन ?’ आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु कुलमान घिसिङलाई हटाएर सरकारले गल्ती गर्योः काँग्रेस महामन्त्री शर्मा विद्यालय शिक्षा विधेयकलाई छिटो टुंग्याऔंः मन्त्री भट्टराई संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ) शिक्षक महासंघलाई शिक्षा समितिको आग्रहः तपाईंहरुका माग सम्बोधन गर्न सकारात्मक छौँ, आन्दोलन स्थगन गर्नुहोस् थाइल्याण्डको औपचारिक भ्रमणबारे प्रधानमन्त्रीद्वारा संसद्लाई जानकारी पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति पाउनु हुन्नः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

छैठौँ खेलमा आर्मी मधेश प्रदेशसँग ३ विकेटले पराजित



अ+ अ-

दाङ। त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रकेट प्रतियोगितामा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको छ । मधेशको भने यो पाँचौ खेलमा दोस्रो जित हो ।

दाङको लमहीमा रहेको देउखुरी क्रिकेट मैदानमा आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ७ विकेट गुमाएर ४८ ओभरमा पूरा गरेको हो । मधेसका क्याप्टेन अनिलकुमार साहले ४५, हरिशङ्कर साहले ३८ र पवन सर्राफले ३६ रन जोडे । रूपेश सिंह ३८ रनमा नटआउट रहे ।

यसअघि पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल दिएको थियोे थियो । आर्मीका लागि भीम सार्कीले सर्वाधिक ८९ रन जोडे । सन्तोष कार्कीले ३३ र कुशल मल्लले २४ रन बनाए । मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रूपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।

दाङसहित रूपन्देहीको सिद्धार्थ क्रिकेट रङ्गशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ सुरू भएको प्रतियोगिताका खेलहरू राउण्ड रोविनका आधारमा भइरहेका छन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिताअन्तर्गत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । रासस