९ चैत्र २०८१, शनिबार
March 22, 2025 Saturday

10.85°C

काठमाडौं

10.85°C

Kathmandu

Feels-like: 10.39

Wind: 4.12

Humidity: 92

Latest
मधेसी निजामती कर्मचारी मञ्चको अध्यक्षमा लालबाबु ‘कृषि उपकरणको गुणस्तरमा विश्वस्त हुने अवस्था छैन’ अख्तियारमा गरिने नियुक्ति प्रक्रिया परिवर्तन गर्नुपर्नेमा जोड लोकतान्त्रिक अपांग संघको निर्वाचनमा सत्ताको दुरुपयोग भयो: नेता घिमिरे सत्ताको कुकृत्यका कारण गणतन्त्र धरापमाः झलनाथ खनाल वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त सबै समाजवादी र माओवादीलाई एकताबद्ध गर्ने अध्यक्ष दाहालको उद्घोष गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुनसक्दैन: गृहमन्त्री लेखक धनुषा प्रहरीद्वारा गाँजासहित एकजना पक्राउ दैनिक जीवनयापनसँगै मुलुकको समृद्धिका लागि पानीको महत्व बढेको छ : ऊर्जामन्त्री खड्का
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ



महामन्त्री थापा – मन्तव्य डुम्रे (तनहुँ), ६ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ तनहुँद्वारा दमौलीमा बुधबार आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा मन्तव्य राख्नुहुँदै । तस्बिरः मिला दरैररासस
अ+ अ-

तनहुँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उहाँको भनाइ छ । “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस