२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ



महामन्त्री थापा – मन्तव्य डुम्रे (तनहुँ), ६ चैतः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नेका प्रतिनिधिसभा क्षेत्र नम्बर १ तनहुँद्वारा दमौलीमा बुधबार आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा मन्तव्य राख्नुहुँदै । तस्बिरः मिला दरैररासस
अ+ अ-

तनहुँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं १ तनहुँद्वारा आज दमौलीमा आयोजित दोस्रो क्षेत्रीय सम्मेलनमा महामन्त्री थापाले आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व गर्दै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आमनागरिकको असन्तुष्टि र बेचैनीको आगो निभाउने काम गर्छ । जुनसुकै पार्टीसम्बद्ध किन नहोस् आमनागरिकको समस्या समाधान गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टीको हो, यसका लागि हामी प्रतिबद्ध छौँ ।”

पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउने गरिएकामा पार्टी सम्बद्ध व्यक्तिले भ्रष्टाचार गर्नसक्ने तर कुनै पनि सङ्गठनले गर्न नसक्ने उहाँको भनाइ छ । “सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिले भ्रष्टाचार गरेको पाइएमा उ दण्डनीय हुन्छ र सजाय भोग्नुपर्छ,” महामन्त्री थापाले भन्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले जनताको असन्तुष्टि मेटाउने काम गर्न केन्द्रबाटै लाग्न आवश्यक रहेको बताउनुभयो । केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पार्टीमा गुटबन्दीको विषय मुख्य बनेकाले सबै जिम्मेवार हुनुपर्ने बताउनुभयो । रासस