१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत

राजतन्त्र पुनःस्थापनाको बहस निरर्थकः शक्तिबहादुर बस्नेत
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले इतिहासमा सीमित भएको राजतन्त्रको विषयमा संसदमा बहस हुनुले संविधानमाथि चोट पुगेको बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उहाँले जनतामा निहित सार्वभौम अधिकारलाई जन्मसिद्ध अधिकारको आधारमा राजसंस्थालाई बुझाउनुपर्ने भनी भएको बहसले संविधानमा चोट पुगेको बताउनुभएको हो । उहाँले संविधानमा व्यवस्था भएको जनतामा निहित सार्वभौमसत्ता परिवर्तन हुन नसक्ने जिकिर गर्नुभयो ।

नेपालमा लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने निचोडका साथ आफ्नो पार्टीले २०४८ सालमा निर्णायक आन्दोलन घोषणा गरेको र दश वर्षे जनयुद्ध त्यसैका लागि भएको दाबी गर्नुभयो । २०५९ सालको राजा ज्ञानेन्द्रको कदमपछि तत्कालिन संसदमा भएका दलहरु लोकतन्त्रका लागि राजतन्त्र वाधक भएको निर्णयमा पुगेको उहाँको भनाइ छ । उहाँले सात दल र माओवादीसहितको सहकार्यमा गणतन्त्र स्थापना भएकाले अब पुनः राजतन्त्र स्थापना हुनुपर्ने भन्ने विषयमा भएका बहस निरर्थक रहेको आशय व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो संविधानको व्यवस्था जनतामा अन्तर्निहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिको अखण्डता । यी विषयहरु संविधानका अपरिवर्तनीय विषय बस्तु हुन् । जनतामा निहित सार्वभौतसत्तालाई खण्डित गरेर कसैको जन्मसिद्ध अधिकारकै आधारमा जनतामा अन्तरनिहित सार्वभौम अधिकारलाई बुझाइ दिने पुर्याइ दिने ढंगले संवैधानिक निकायभित्र बहस हुनु र जुन रुपमा बहस भइरहेको छ त्यसले हाम्रो संविधानमाथि कही चोट पुर्याइराख्या छ । हामीले ०४८ सालदेखि नै भनेका थियौँ कि लोकतन्त्र र राजतन्त्र नेपालको कन्टेक्समा सँगै जान सक्ने विषय होइनन् । सँगसँगै जाँदैनन् भनेर नै हामीले सामन्तवात विरुद्ध निर्णायक संघर्षको घोषणा गर्या हो ।

जनयुद्ध भन्या राजतन्त्र विरुद्धको निर्णायक आन्दोलनको घोषणा थियो । पछि त्यो कुरा त्यति बेला संसदमा रहेका पार्टीहरुले अर्को ठक्कर खाइसकेपछि ०५९ सालपछि उहाँहरु पनि ०६२ सालसम्म आउँदा एउटा निष्कर्षमा पुग्नुभयो कि नेपालको लोकतन्त्रका लागि सबैभन्दा बाधक भनेको राजतन्त्र नै हो भन्ने निष्कर्षमा उहाँहरु पुग्नुभयो र माओवादीसँगको सहकार्यमा आइपुग्नुभयो । र ०६३ सालको संयुक्त जनआन्दोलन भएको हो ।’

उपमहासचिव बस्नेतले वर्तमान सरकारले आफ्नो औचित्य पुष्टि गर्न नसकेको भन्दै आफ्नै कारणले सरकार ढल्ने अवस्थामा पुगेको बताउनु भयो । उहाँले सरकार परिवर्तन गर्ने खेलमा आफ्नो पार्टी नलागेको दाबी गर्नुभयो ।