७ चैत्र २०८१, बिहीबार
March 20, 2025 Thursday

13.57°C

काठमाडौं

13.57°C

Kathmandu

Feels-like: 11.61

Wind: 1.54

Humidity: 24

तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एमालेको प्रस्ताव वामदेव एकीकृत समाजवादीमा नजाओस् भनेर रहेछ’



अ+ अ-

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं राष्ट्रिय सभा सांसद वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) मा जान नदिन एमालेले प्रस्ताव गरेको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । औपचारिक निर्णय नभएपनि जाने पक्कापक्की भइसकेपछि प्रश्ताव गरेर एमालेले अल्मल्याउने काम गरेको उहाँको भनाइ छ । उहाँले अब तत्काल कुनैपनि पार्टीसँग एकीकरण नगर्ने समेत बताउनु भयो । उहाँले आफ्नो अभियानको परिमार्जन गर्दै ठूला कम्युनिष्ट पार्टीहरुलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी समाजवादीमा जाने एक किसिमको सहमति भइसकेको अवस्था थियो । निर्णय नभएपनि मन चाहीँ त्यस्तो किसिमको भइसकेको थियो । त्यही बेलामा एमालेबाट प्रश्ताव आयो । त्यो प्रश्ताव वामदेव नेकपा एकीकृत समाजवादीतिर नजाओस् भनेर रैछ । अहिले तत्काल कुनै पार्टीमा जानुभन्दा नि हामी आफूलाई परिमार्जन गर्छौं ।’

जनतामार्फत कम्युनिष्ट एकता गर्ने अभियान पुरानो भइसकेको भन्दै अब अभियान नभई व्यक्तिगत प्रयत्न रहने उहाँको भनाइ छ ।