२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

चहल–धनश्रीको सम्बन्धविच्छेदमा भोलि निर्णय, ४ करोड ७५ लाखमा सम्झौता



अ+ अ-

एजेन्सी । बम्बे हाई कोर्टले क्रिकेटर युजवेन्द्र चहल र उनकी श्रीमती धनश्री वर्माको सम्बन्धविच्छेदको निवेदनमा भोलि नै फैसला गर्न पारिवारिक अदालतलाई आदेश दिएको छ ।

न्यायाधीश माधव जमदारको एकल इजलासले चहल आइपिएलमा सहभागी हुने भएकाले २१ मार्चदेखि उनी उपलब्ध हुनेछैनन् ।

सहमतिको शर्त अनुसार, चहलले आफ्नी अलग्गिएकी श्रीमतीलाई स्थायी भत्ताको रूपमा ४ करोड ७५ लाख रुपैयाँ तिर्न सहमत भएका थिए । यद्यपि, क्रिकेटरले अहिलेसम्म २ करोड ३७ लाख ५५ हजार रुपैयाँ मात्र तिरेको बताइएको छ । बाँकी रकम भुक्तानी नगर्नुलाई अदालतले अनुपालनको विषयको रूपमा हेरेको थियो, त्यसैले कुलिङ–अफ निवेदन खारेज गरियो ।

बम्बे हाई कोर्टले यस मामिलामा ६ महिनाको कुलिङ अफ पिरियड पनि माफ गरेको छ । उच्च अदालतले यस्तो आदेश दिँदै दुवै जना विगत साढे दुई वर्षदेखि छुट्टाछुट्टै बस्दै आएको र समाधानका लागि वार्ता पनि भएको बताएको छ ।

पछिल्लो समय दुवै गत साढे दुई वर्षदेखि अलग बस्दै आएको खबर आएको थियो । लामो समयदेखि सामाजिक सञ्जालमा चहल र उनकी श्रीमती धनश्रीबीच सम्बन्धविच्छेद भएको हल्ला चलिरहेको थियो । यद्यपी चहल र धनश्रीको आधिकारिक बयान भने आएको छैन ।

युजवेन्द्र चहलले आधा रकम धनश्रीलाई दिएको भन्दै पारिवारिक अदालतमा निवेदन दिएका थिए । कूलिङ पिरियड अर्थात् सम्बन्धविच्छेदको निवेदनपछि श्रीमान्–श्रीमतीलाई ६ महिनाको लागि केही समय सँगै बस्न आदेश दिइएको छ । जसमा दुवै पक्षलाई सम्बन्धविच्छेदका विषयमा फेरि सोच्न समय दिइएको छ ।

धनश्री वर्माले झलक दिखला जा–११ को एपिसोडमा युजवेन्द्र चहलसँगको आफ्नो प्रेमकथाको खुलासा गरेकी थिइन् । उनले लकडाउनको समयमा चहलले कसरी डान्स सिक्न आफूसँग सम्पर्क गरेको बताए । यसपछि धनश्री उनलाई नृत्य सिकाउन राजी भइन् । पछि दुवै एक अर्काको प्रेममा परे ।

सन् २०२३ मा युजवेन्द्र चहलले आफ्नो सामाजिक सञ्जालमा एउटा स्टोरी सेयर गरेका थिए, जसमा लेखिएको थियो, नयाँ जीवन आउँदैछ । यसपछि अभिनेत्री धनश्रीले इन्स्टाग्राममा आफ्नो प्रयोगकर्ता नामबाट चहल उपनाम हटाएकी थिइन् ।

यसपछि उनीहरुको सम्बन्धविच्छेदको हल्लाले तीव्रता पाएको थियो । तर, क्रिकेटरले पछि सम्बन्धविच्छेदको खबरलाई अफवाह भनेका थिए ।

युजवेन्द्र अहिले भारतीय टोलिबाट बाहिर छन् । उनी २०२४ को टी–२० विश्वकप जित्ने टोलीमा थिए तर उनले एक खेल पनि खेल्ने मौका पाएनन् । उनले भारतका लागि जनवरी २०२३ मा अन्तिम ओडीआई खेलेका थिए भने अन्तिम टी–२० अगस्ट २०२३ मा खेलेका थिए । यसपछि पनि उनलाई पञ्जाब किङ्सले आईपीएल २०२५ को लिलामीमा १८ करोडमा किनेको थियो ।




भर्खरै