२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली जनतालाई कुनैपनि मोडलको राजतन्त्र चाहिएको छैनः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि राजनीतिक दलहरु जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पृथ्वीनारायण शाहदेखि विभिन्न प्रणालीको राजतन्त्र नेपाली जनताले व्यहोरेको बताउनु भयो । राजाहरुले नेपाली जनताको अधिकार खोसेर शासन चलाएको उहाँको भनाइ छ । उहाँले राजतन्त्रको विभिन्न दुष्परिणामका कारण गणतन्त्र स्थापना भएको बताउनु भयो । उहाँले विश्वको सबैभन्दा उन्नत राजनीतिक प्रणाली संघीय गणतन्त्र भएको दाबी गर्नुभयो । उहाँले जनताले कुनैपनि प्रणालीको राजतन्त्र नचाएको भन्दै राजतन्त्र पुनःस्थापित नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले ल्याएको प्रणाली कसैले दानमा दिएको होइन, नेपालमा हामीले संघीयता र गणतन्त्रको प्रणाली सार्वभौम जनताको अधिकार प्रयोग गर्नका लागि ल्याएका छौँ । नेपालमा हामीले थरीथरीका राजतन्त्र हेरिसकेका छौँ । पृथ्वीनारायण शाहको राजतन्त्रको मोडल पनि हेरोका छौँ, त्रिभुवन राजाको मोडल पनि हेरोका छौँ । बालक ज्ञानेन्द्रको राजतन्त्रको मोडल पनि हेरेका छौँ । त्यसपछि वीरेन्द्र र ज्ञानेन्द्रको पटक पटक अधिकार खोसेर गरेको मोडल पनि हेरोका छौँ । राजतन्त्रको दुष्परिणाम त हेरिसकेका छौँ । राजनीतिको उन्नत प्रणाली गणतन्त्र ल्याएको छौँ । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सबै राजनीतिक दलहरु प्रतिवद्ध छौँ र कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किदैन, त्यो अवस्था छैन । जनताले कुनैपनि मोडलको राजतन्त्र चाहेको छैन । यसका लागि हामी जे पनि गर्न तयार छौँ ।’

सांसद निधीले संविधान संशोधन गरी प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभयो । संघीयतालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न तत्काल संघीय कानून निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।