८ भाद्र २०८३, सोमबार
,
Latest
जेनजी आन्दोलनमा क्षतिग्रस्त भैंसेपाटी मन्त्रीनिवासको पुनर्निर्माण अन्तिम चरणमा -फोटो फिचर छिर्कनेमा पहिरोले सवारीसाधन आवतजावत गर्न असहज बागमती प्रदेशसभाको बैठक बस्दै : मुख्यमन्त्री थापाले विश्वासको मत लिने बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न : विद्युत उत्पादन परीक्षण जारी यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालद्वारा सेवाग्राहीसंग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन चार वर्षअघि सम्झौता, अझै सुरु भएन बुढीगङ्गाको पुल निर्माण १५ किलो लागुऔषधसहित पाँच महिला पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीकोटको सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर



अ+ अ-

बैतडी । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सिल्लेगडा बर्थिङ एकाइमा बेबी वार्मर (नवजात शिशु तापक्रम नियन्त्रक) उपलब्ध गराइएको छ ।

ज्योती विकास बैंकको आर्थिक तथा राष्ट्रिय आविस्कार केन्द्रको प्राविधिक सहयोगमा बर्थिङ एकाइमा बेबी वार्मर उपलब्ध गराइएको हो । बेबी वार्मरले नवजात शिशु जन्मिँदा तापक्रमसम्बन्धी समस्या देखिएर अकालमै हुने मृत्युलाई रोक्न मद्दत गर्ने उपकरण हो ।

महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा निर्माण गरिएको यो उपकरण नवजात शिशुको तापक्रम नियन्त्रण गरी शिशु मृत्युदर घटाउने उद्देश्यले विगत पाँच वर्षदेखि वितरण हुँदै आएको जनाइएको छ । नवजात शिशुलाई सिताङ हुनबाट बचाउन यो मेसिनले सहयोग गर्ने श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले बताउनुभयो । रासस