२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानमामा साइबर अपराधमा वृद्धि



अ+ अ-

एजेन्सी। इन्डोनेसियाली विदेश मन्त्रालयले अनलाइन ठगीको शिकार भएका ४०० इन्डोनेसियाली नागरिक म्यानमाबाट घर फर्किएका एक विज्ञप्तिमार्फत जनाएको छ ।

मङ्गलबार थाइल्याण्डको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलबाट दुईवटा छुट्टाछुट्टै उडानमा बान्टेन प्रान्तको टाङ्गेराङस्थित सोएकर्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका ३१३ पुरुष र ८७ महिला अनलाइन ठगी शिकारका पीडित भएका छन् ।

म्यानमाबाट निकालिएका ४०० इन्डोनेसियाली २१ प्रान्तबाट आएका थिए, जसमध्ये धेरैजसो उत्तरी सुमात्रा, बाङ्का बेलिटुङ, पश्चिम जाभा, जकार्ता र उत्तरी सुलावेसीका थिए ।

इन्डोनेसियाली अधिकारीहरूले थाइल्याण्ड र म्यानमाका आफ्ना समकक्षीहरूलाई स्वदेश फिर्ता गर्न सहजीकरण गर्न सहयोग गरे ।मन्त्रालयले म्यानमामा रहेका बाँकी १५४ अनलाइन ठगी शिकारका पीडितहरूलाई स्वदेश फिर्ता ल्याउन प्रयास भइरहेको बताएको छ ।रासस/सिन्ह्वा