२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ धनपालथानमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु, आठ घर जलेर नष्ट



अ+ अ-

विराटनगर । मोरङको धनपालथान गाउँपालिका –६ कदमा गाउँमा रहेको मुस्लिम बस्तीमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु  भएको छ ।

मंगलबार दिउँसो सुरु भएको आगलागीमा परी दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाले जानकारी दिए । मृत्यु हुने बालबालिकाको सनाखत भइसकेको छैन ।

यस्तै, आगलागीबाट आठ घर जलेर नष्ट भएको एसपी चिमोरीयाले बताए । आगो अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको छ ।

आगलागी नियन्त्रणको प्रयास भइरहेको प्रहरीले जनाएको छ ।