६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नाका प्रवेशमा कडाइ, सुरु बिन्दुबाटै फर्काउन थालियो सवारीसाधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो । काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौं उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए । ‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले भने । तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए ।

यसैगरी, चार्टर उडानमार्फत विदेश जान हिँडेकाहरूलाई समेत कागजात हेरेर पठाइने गरिएको छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनलाई प्रवेशको सुरु बिन्दुमा नै रोकिएको छ । आवश्यकता पुष्टि नभई आउनेहरूलाई भने सुरक्षाकर्मीले धमाधम फर्काइरहेका छन् । यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको हेर्ने गरिएको छ ।

उपत्यका भित्रने मुख्य नाका नागढुंगा र साँगाबाट गरी शनिबार २ सय ५५ जना यात्रु फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ती यात्रु बोकेर आउनेमध्ये नागढुंगाबाट ८८ सवारी साधनबाट २ सय २८ जना र साँगाबाट १५ सवारी साधनबाट २७ जना फिर्ता पठाइएको हो । शुक्रबारसमेत एक सय बढी सवारी साधन फिर्ता पठाइएको महाशाखाले जनाएको थियो । राजधानी दैनिक