५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सबै नाका प्रवेशमा कडाइ, सुरु बिन्दुबाटै फर्काउन थालियो सवारीसाधन



अ+ अ-

काठमाडौं । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यका भित्रने सबै नाकाबाट प्रवेशमा कडाइ गर्दै काठमाडौं आउने सवारी साधनलाई सम्बन्धित जिल्लाको सुरु बिन्दुबाटै फर्काउन थालिएको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत जारी गर्ने गरिएको पास वितरण बन्द गर्दै एक जिल्लाबाट अर्को जिल्लामा हुने आवतजावतसमेत बन्द गराएपछि काठमाडौं उपत्यका प्रवेशमा थप कडाइ गरिएको हो । काठमाडौं भित्रने मुख्य नाका नागढुंगासहित साँगा, फर्पिङ, ककनी, टोखा, साँखु क्षेत्र हुँदै उपत्यका बाहिरबाट आउनेहरूलाई प्रहरीले सुरु बिन्दुमा नै रोक्न सुरु गरेको छ । यस्तै, पुराना पास देखाएर आउनेहरूलाई समेत नाकामा खटिएका सुरक्षाकर्मीले धमाधम फर्काउन थालेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले कुनै पनि बहानामा काठमाडौं उपत्यका भित्रन नपाइने गरी उपत्यका प्रवेशमा कडाइ गरिएको बताए । ‘पुराना पास लिएर आउने र अन्य कुनै काम देखाएर बहानाबाजी गरेर आउने क्रम अझै पनि जारी छ । अब कुनै पनि बहानामा उपत्यका प्रवेश सहज छैन । पुराना पास लिएर आउँदा पनि फर्कनुपर्छ, फर्काइन्छ,’ ट्राफिक प्रहरी महाशाखाका प्रमुख ढकालले भने । तर बिरामी लिएर आउने एम्बुलेन्स तथा बिरामी लिएर आउने सवारी साधन, सुरक्षा तथा स्वास्थ्यतर्फका सवारी, अत्यावश्यक दैनिक उपभोग्न ढुवानी गर्ने साधनलाई भने प्रवेशमा रोक नलगाइने ढकालले जानकारी दिए ।

यसैगरी, चार्टर उडानमार्फत विदेश जान हिँडेकाहरूलाई समेत कागजात हेरेर पठाइने गरिएको छ । बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एसपी प्रकाश रानाभाटका अनुसार अत्यावश्यकबाहेकका सवारी साधनलाई प्रवेशको सुरु बिन्दुमा नै रोकिएको छ । आवश्यकता पुष्टि नभई आउनेहरूलाई भने सुरक्षाकर्मीले धमाधम फर्काइरहेका छन् । यस्तै, अत्यावश्यक दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारीमा पनि स्वास्थ्य मापदण्ड पूरा गरे नगरेको हेर्ने गरिएको छ ।

उपत्यका भित्रने मुख्य नाका नागढुंगा र साँगाबाट गरी शनिबार २ सय ५५ जना यात्रु फिर्ता पठाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ती यात्रु बोकेर आउनेमध्ये नागढुंगाबाट ८८ सवारी साधनबाट २ सय २८ जना र साँगाबाट १५ सवारी साधनबाट २७ जना फिर्ता पठाइएको हो । शुक्रबारसमेत एक सय बढी सवारी साधन फिर्ता पठाइएको महाशाखाले जनाएको थियो । राजधानी दैनिक