१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वडा सदस्यलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का दलित वडा सदस्य आशा ताम्राकारलाई अपशब्द प्रयोग गरी बेइज्जत गर्ने एक जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । घरआँगनमै बसिरहेका बेला स्थानीय दीपक ओड र कालु ओडलगायतले वडा सदस्य ताम्राकारलाई शुक्रबार राति ११ बजे अपशब्द बोल्दै हातपात गर्ने प्रयास गरेका थिए ।

अपशब्द प्रयोग गरी हातपातको प्रयास गर्नेमध्येका २७ वर्षीय कालु ओडलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरत धामीले बताए ।

अर्का दीपक ओड फरार रहेकाले खोजी भइरहेको उनले बताए । रातिको समयमा मदिरा सेवन गरी वडा सदस्य ताम्राकारको घरमै गएर दुवै जनाले गालीगलौज गर्नुका साथै हातपात गर्ने प्रयास गरेको बुझिएको छ । प्रहरी निरीक्षक धामीले भने, “गालीगलौज गरी अभद्र व्यवहार गर्नेमाथि कानूनअनुसार कारवाही हुन्छ ।”