२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान

पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान
अ अ+ अ-

काठमाडौं । एपिक नेपाल म्युजिक अवार्ड २०८१ को पाँचौं संस्करण मध्यपुर थिमीमा सम्पन्न भएको छ । मध्यपुर थिमि शंखधर चोक बाट बाजा गाजा सहित सुरु भएको र्‍याली कार्र्यक्रमस्थल दुई पोखरीसम्म पुगेको थियो ।

‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा पुराना देखी नयाँ पुस्ताका श्रष्टाहरु लाई सम्मान गरिएको छ ।

कार्यक्रममा संङ्गीतरत्न प्रसिद्ध संङ्गीतकार शम्भुजीत बासकोटा, बरिष्ठ कलाकार द्वय शिब श्रेष्ठ, बसुन्धरा भुसाल लगायत श्रष्टाहरुलाई सम्मान गरिएको थियो ।

यस दिन संङ्गीतकार बासकोटाको जन्मदिन समेत परेका कारण प्रथम महिला राधिका शाक्यले दहि सगुन खुवाउनु भएको थियो ।

कार्यक्रममा लोकगीत संगै नवप्रतिभा, सर्वोकृष्ट रचना आधुनिक, पप, लोकपप, पर्व विशेष, काँठे र देउडा, चलचित्र गरि ३२ विधामा अवार्ड प्रदान गरिएको थियो

कार्यक्रममा लाईफटाइम एचिभमेन्ट अवार्डबाट वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाललाई नगद सहित सम्मान प्रदान गरियो । त्यस्तै संगीतरत्न शम्भूजित बास्कोटालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो भने प्राज्ञ तथा संगीतकार चेतन सापकोटालाई संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रममा गीतकार भीष्मराज फुलारा, अभिनेता शिव श्रेष्ठ, अभिनेता पल शाह लगायतका श्रष्टा, सर्जकलाई सम्मान गरिएको थियो ।

अवार्ड कार्यक्रम ‘पाँचौ एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा गीतकार सुमन बैरागीले लोकदोहोरी गीतकारको अवार्ड चुम्न सफल भए । उनले ‘पिपलबोटे माया’ पूर्वेली लोकभाकाबाट अवार्ड चुम्न सफल भएका हुन् ।

त्यस्तै लोकदोहोरी गायकको अवार्ड ‘उनीको पछ्यौरी’ गीतबाट गायक अमृत खातीले चुमे भने गायिकाको अवार्ड ‘एकै रातैले’ गीतबाट सुष्मा शाही ठकुरीले चुम्न सफल भइन् ।

त्यसैगरी लोकदोहोरी भाकातर्फ रमेश परियारले ‘वनमा खयर’ गीतबाट अवार्ड चुम्न सफल भए भने लोकदोहोरी मोडेल पुरूष बिमल अधिकारी, मोडल महिला अस्मिता पुरी, भिडियो निर्देशक मिलन श्रेष्ठ र नृत्य निर्देशक दिपेन्द्र तिमल्सिनाले अवार्ड हात पारे ।

त्यसैगरि म्युजिक एरेन्जर पुष्कर खत्री, भिडियो छाँयाकार उत्तम हुँमागाईं, भिडियो सम्पादक विकास दाहालले अवार्ड उचाल्दै गर्दा सर्वोत्कृष्ट नव गायक विशाल सोनीले ‘घन ठोकाई’ गीतबाट अवार्ड चुमे भने नव गायिका दिपिका बयाम्बु ‘कश्मिरे पछ्रयौरी’बाट अवार्ड चुम्न सफल भइन् । सर्वोत्कृष्ट आधुनिक नव मोडेल पुरूष डायसपोराको अवार्ड सम्राट दासले चुम्न सफल भए ।

सर्वोत्कृष्ट नव मोडेल महिला सदिक्षा पाण्डे ‘विष पिउन मन लाग्छ’ गीतबाट अवार्ड पाइन् । सर्वोत्कृष्ट आधुनिक गायक कर्णराज गिरी ‘लुकी लुकी’, आधुनिक गायिका सोभा पाण्डे ‘ए मन भन मलाई’, सर्वोत्कृष्ट आधुनिक संगीतकार दिपक शर्मा ‘लुकाउने ठाउँ नै छैन’, सर्वोत्कृष्ट आधुनिक संगीतकार जुरी अवार्ड टेकराज ओझा ‘दिल्ली आग्रा’बाट प्राप्त गर्न सफल भए ।

त्यसैगरी आधुनिक गीतकारको अवार्ड गीतकार भुपेन्द्र बुढाथोकीले ‘भाग्ये लेख्ने भगवान कहाँँ छौ’बाट चुम्न सफल भए । आधुनिक भिडियो मोडेल पुरूष बिक्रम बुढाथोकी ‘कस्तो थिए कस्तो भएँ’, आधुनिक भिडियो मोडेल महिला शिल्पा पोख्ररेल ‘पिल पिल आँसु’, सर्वोत्कृष्ट आइटम गीत मोडेल महिला मल्लिका राजोपाध्याय ‘आउ सँगै झुमी नाचौ’, आधुनिक भिडियो निर्देशक रोसन दास ‘आदात’, लोकपप गायक लक्ष्मण श्री ‘म तिम्रै डल्ले हो’, लोकपप गायक पब्लिक च्वाइस महेन्द्रराज वराल ‘फुल रसैले’, टेलिचलचित्र कलाकार इन्द्र दोङ लामा ‘हर्के हल्दार’, श्रृंगार विक्रम गौतम ‘हगंमा’, सर्बोत्कृष्ट भाषाभाषी पुरुष कलाकार लक्ष्मी कुमार महर्जन ‘क्या : मां जी’, रोहित ढृङगाना ‘क्या राम्रो नौखुवा’, सर्बोत्कृष्ट भजन गायक चिरञ्जीवी भण्डारी ‘राधा बिना कृष्ण आधा आधा’, सर्बोत्कृष्ट गीतकार डयास्पोरा दिपेन्द्र खडका ‘पल पल’, सर्वोत्कृष्ट भाषाभाषी गायीका शान्ति कुमारी शाही ‘कर्णालीको छालै छ’, नवप्रतिभा यमराज थापा ‘भए पनि मनभरी चोट’, सर्बोत्कृष्ट खलपात्र सुगत करणजित ‘पागल तिम्रो यादमा’ बाट अवार्ड पाउन सफल भए ।

त्यस्तै सर्बोत्कृष्ट चलचित्र गायक डेविट शंकर ‘दर्शन सलाम’ गीतबाट पाउन सफल भ एभने सर्बोत्कृष्ट भिडियो नव मोडेल नृत्य सृष्टिना क्षेत्री ‘घैलाको पानी’, बालकलाकार जेभिन जिभेश र आयुसी ढकाललाई पपुलर अवार्ड प्रदान गरिएको थियो ।

लाकदोहोरी गायक रामजी खाँड वर्षकै सर्वोत्कृष्ट अवार्ड पाउन सफल भएका छन् भने जुरी अवार्ड पाउनेहरुमा सुनिता भुजेल ‘नव पपगायक’, हुमन आचार्य, दिपिका थापा, डिआर सुजन म्युजिक भिडियो निर्देशक ‘उडेको चरी’, आधुनिक मोडेल अभि सुनार, टेकराज ओझा रहेका छन् ।

कार्यक्रमको बीच बीचमा नेवारी नृत्यहरु प्रस्तुत गर्नुका साथै लोकप्रिय गायक धीरज राई, अमृत खाती, पल शाह, नारायणी खत्री लगायतले सांगीतिक प्रस्तुति दिएका थिए भने भक्तपुरको सस्कति झल्काउने झल्काउने सांस्कृतिक प्रस्तुतिहरुले कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गरेको थियो ।