२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा

५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा
अ अ+ अ-

काठमाडौं। नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ ।

आयोजकले सोमबार होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७० सेमी ओभर÷अण्डर, प्रथम वोमेन्स बडी बिल्डिङ ओपन र ५० वर्ष माथिका मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।

चैत्र ७ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त प्रतियोगितामा विभिन्न ६ तौल समूह विभाजन गरिएको छ । प्रतियोगितामा ६०, ६५, ७०, ७५, ८० र ८० किलो ग्रामभन्दा माथिका तौल समूहमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा करिब ६ सय खेलाडीहरुको सहभागिता रहने आयोजकले बताएको छ । जसमध्ये प्रत्येक तौल समूहबाट ६ जना खेलाडी छनौट हुनेछन् ।

त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभअलमा मिस्टर धर्मश्रीका लागि प्रतिस्पर्धा गराइनेछ । जसका विजेताले ११ किलो वजन रहेको ट्रफीसहित नगद १२ लाख पाउने छ । त्यस्तै दोस्रो हुनेले ६ लाख, तेस्रो हुनेले ३ लाख, चौथो हुनेले २ लाख, पाँचौं हुनेले १ लाख ८० हजार र छैठौं हुनेले १ लाख ५० पाउने छ ।

त्यसैगरी तौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुने क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार प्राप्त गर्ने अध्यक्ष प्रधानले बताए । त्यसैगरी मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद पाउनेछन् । तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पार्नेछन् । यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कार राशीको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको छ । १७ औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ । चैतको ७ गते वेइङ, चैत ८ गते प्रि–जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।

नेपालको शारीरिक सुगठन खेलको विकास तथा विस्तार गर्ने उद्देश्यले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवनको आहुती दिने अमर शहिद धर्मभक्त माथेमाको स्मृतिमा २०४२ सालदेखि यो प्रतियोगिता आयोजना हुदै आएको नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए ।

अध्यक्ष प्रधानले ब्यक्तिगत विधामा यो नेपालकै सर्वाधिक धनराशि पुरस्कार प्रतियोगिता भएको बताए। उनले धर्मश्री प्रतियोगितालाई शहीदको नाममा नेपालकै पहिलो खेल प्रतियोगिता समेत भएको बताए । २०७९ मा भएको १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।
हालसम्म धर्मश्री विजेताहरु (साल सहित):
१) टिम इभेन्ट्समा बिजेता २०४२
२) टिम इभेन्ट्समा बिजेता २०४३
३) रविन्सन शाक्य २०५०
४) सागर ताम्राकार २०५३
५) लाल बाहादुर गुरुङ्ग २०५४
६) जिवन गिरी २०५५
७) नरेश महर्जन २०५७
८) हरिश श्रेष्ठ २०५८
९) नरेश महर्जन २०५९
१०) सानु गुरुङ्ग २०६२
११) सानु गुरुङ्ग २०६४
१२) लोकेन्द« परियार २०६८
१३) महेश्वर महर्जन २०७१
१४) अर्जुन वर्णवाल २०७३
१५) मिलन विक्रम सिजापति २०७५
१६) उमेश राई २०७९