२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन

क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन
अ अ+ अ-

काठमाडौं। एपीएफका क्षितिज खनाल र नेपाल प्रहरीकी निता लम्सालले तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको सिंगल्स उपाधि सोमबार जितेका छन् ।

क्षितिज पुरुष र निता महिलामा च्याम्पियन बने । नखिपोट युथ क्लबको आयोजना तथा नखिपोट ब्याडमिन्टन सर्कलको सह–आयोजनामा भएको प्रतियोगिताको पुरुष फाइनलमा क्षितिजले नेपाल आर्मीका विवेक चौधरीलाई २१–८ र २१–१५ को सोझो सेटमा पराजित गरे । धादिङका सुजन थापा र एपीएफका भोजबहादुर गुरुङ तेश्रो भए ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भएको महिला फाइनलमा निताले आर्मीकी अनुमाया राईलाई सीधा सेटमा २१–१२ र २१–१३ ले हराइन् । आर्मीकी शेस्ना सिर्पाली र स्पोर्ट्स हबकी सीताकुमारी राई तेश्रो बने । पुरुष÷महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरे ।

यु–१७ पुरुष सिंगल्समा प्रहरीका कविर केसीले स्वर्ण जिते । उनले फाइनलमा आर्मीका सुविन श्रेष्ठलाई २१–१०, १६–२१ र २१–११ को सेटमा पाखा लगाए । फिट्नेस पार्कका अमन डंगोल र लभ बीएका इमा तामाङ तेश्रो स्थानमा रहे । पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पारे ।

मिक्स डबल्समा एपीएफका क्षितिजले शोभा गौचनसंग मिलेर अर्को स्वर्ण जिते । उक्त जोडीले फाइनलमा प्रहरीका जीवन आचार्य र निता लम्सालको जोडीलाई २१–१२ र २१–५ को सोझो सेटमा पाखा लगाए । आर्मीका पविन लिङथेप र अनुमाया राई तथा आर्मीका विधान अधिकारी र अमिता गिरीको जोडीले तेश्रो स्थानमा चित्त बुझाए । विजेताले ३० हजार, उपविजेताले १५ हजार र तेश्रोले ७ हजार ५ सय÷७ हजार ५ सय नगद पुरस्कार पाए ।

भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङ को जोडीले बाजी मारे । सञ्जय र अनिलको जोडीले फाइनलमा तनहुँका देव गुरुङ र कास्कीका शम्भुकुमार श्रेष्ठको जोडीमाथि २२–२० र २१–१७ को जित दर्ता गरे । बालकुमारी रिमिक्स क्लबका शान्त डंगोल र कृष्ण श्रेष्ठ तथा चन्द्रागिरीका हरि खत्री र राजकुमार पोखरेलको जोडी तेश्रो स्थानमा रहे । शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३५ हजार, २० हजार र १०–१० नगद पुरस्कार प्राप्त गरे ।

पुरुष डबल्समा आर्मीका पविन लिङथेप र विधान अधिकारीको जोडीले फाइनलमा सूर्यदर्शनका दीपक राणा र जनिश थकालीको जोडीलाई २१–१६, २२–२० र २१–१४ ले पन्छ्याउदै पहिलो भए । धादिङका राम मल्ल ठकुरी र सुजन थापा तथा बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सुमन शाक्यको जोडी तेश्रो भए ।

पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०÷१० हजार नगद पुरस्कार पाए ।विजेतालाई ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा गायक राजेश पायल राईलाई आयोजकले सम्मान गरेको थियो ।

आयोजक क्लबका अध्यक्ष जंगबहादुर सुनुवार र कोषाध्यक्ष सुजन राईले गायक राईलाई सम्मान गरे । आयोजक क्लबले उद्घाटन कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीकी प्रीति राईलाई पनि सम्मान गरेको थियो । चारदिने प्रतियोगिता १ सय ३१ खेलाडीको सहभागिता रहेको थियो । विभिन्न छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।