२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत

नयाँ वर्षमा पर्यटकलाई २० प्रतिशत सहुलियत
अ अ+ अ-

कास्की। पर्यटकीय राजधानी पोखराका होटलले पर्यटकलाई लक्षित गरी नयाँ वर्षमा होटलको दररेटमा २० प्रतिशत सहुलियत प्रदान गर्ने भएका छन् ।

नेपाली संस्कृतिको संरक्षण, नेपाली खाना तथा आन्तरिक एवं बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटल सङ्घ पोखराद्वारा पर्यटकीय लेकसाइडमा गर्न लागिएको २०औँ फेवा नववर्ष महोत्सव २०८१ का बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पर्यटकलाई उक्त छुट दिन लागिएको बताइएको हो ।

यही चैत ३० देखि आगामी वैशाख १ गतेसम्म फेवा किनारमा गर्न लागिएको उक्त महोत्सवमा नेपाली खाना तथा मौलिक संस्कृतिको प्रचारप्रसार एवं पर्यटन प्रवर्द्धन गरी पर्यटकको बसाइ लम्ब्याइने जानकारी सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले दिनुभयो । देशको अर्थतन्त्र सुस्ताएको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन महोत्सवले सहयोग पु-याउने जानकारी दिँदै उहाँले महोत्सव सम्पन्न गर्न रु ५० लाख खर्च लाग्ने बताउनुभयो । ‘जाउँ है पोखरा ’ अन्तर्गत सङ्घले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा, मधुमास पोखरा जस्ता सहुलियत प्याकेज पनि पर्यटकका लागि घोषणा गरेको छ ।

महोत्सव सम्पन्न गर्न २१ वटा समिति गठन गरिएको जानकारी दिँदै उहाँले महोत्सव स्थलमा  विभिन्न सांस्कृतिक कार्यक्रम, लोक दोहोरी, खेलकुद, पर्यटक दौड, पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामग्री प्रदर्शनी गरिने बताइएको छ । महोत्सव पोखराको ड्यामसाइटबाट खहरेसम्मको तीन किलो मिटर दुरीको सडक तथा फेवाताल किनारमा हुनेछ ।

पोखराका होटलमा ४० हजार पर्यटक क्षमता भएकामा हाल स्वदेशी तथा विदेशी गरी ४० प्रतिशत ‘अकुपेन्सी’ पुगेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्ष घोषणा गरेसँगै यतिवेला आन्तरिक एवं भारतीय पर्यटकको सङ्ख्या बढेको छ । रासस