८ भाद्र २०८३, सोमबार
,
Latest
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन नाडाको ५० वर्ष : सवारी आयातदेखि स्वदेशी उत्पादनसम्मको यात्रा सुनको मूल्य तोलामा ३ हजार २०० रुपैयाँले बढ्यो भेरी अस्पतालमा ८३ नयाँ एचआइभी सङ्क्रमित फेला गिनीको ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको मृत्यु बडीमालिकातर्फ बाजुराको सरकारी टोली प्रस्थान अब थप ढिलाइ नगरौँ, लाल आयोगको प्रतिवेदन सार्वजनिक गरौँ: गगन थापा ‘कम्युनिष्ट सिद्धान्तले भन्दैन–गल्ती स्वीकार तर नसुधार’ भट्टराईलाई ‘हिन्दूविरोधी’का रूपमा चित्रित गर्ने प्रयासप्रति सचिवालयको आपत्ति इरानविरुद्ध ट्रम्पको आर्थिक युद्ध घोषणापछि तेलको मूल्यमा गिरावट
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १५ गतेको जनसभामा हजारौँलाई उतार्ने नेकपा एसको निर्णय



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोधसभा हजारौँलाई उतार्ने जनाएको छ ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौँमा मोर्चाले आयोजना गरेको विरोधसभामा जनता गणतन्त्रकै पक्षमा छन् भन्ने देखाउन हजारौँलाई उतार्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उनले बताए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै चैत १५ गते झल्को दिने बताए ।

यस्तै, उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र नफर्किने दाबी गरे ।